साउन १५, काठमाडौं।
आज नेपालमा कोरोनाका संक्रमितहरुको संख्या निको हुनेहरु भन्दा संक्रमित हुने दोब्बर देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर १ हजार ८ सय १६ जना निको हुदा ,३ हजार ६ सय ११ जना थपिएका छन्। १४ हजार ६ सय ६१ जनाको परिक्षण गर्दा सो नतिजा आएको हो। पछिलो दुई हप्ता देखि लगातार संक्रमण बढ्दै गएको देखिएको छ। पछिलो २४ घण्टामा थपिएका संक्रमित संख्या संगै देशको कुल संक्रमण संख्या ६ लाख ९३ हजार १ सय ०९ पुगेको छ। त्यसै गरि देशभर कोरोना मुक्त हुनेहरुको संख्या ६ लाख ५२ हजार २ सय ६१ पुगेको छ। हाल सम्म ३५ लाख ९४ हजार २ सय ०२ जनाको पिसिआर परिक्षण गरिसकीएको मन्त्रालयले जनाएको हो।
पछिलो २४ घन्टामा २७ जना संक्रमितले ज्यान गुमाए संगै म्रोतक संख्या ९ हजार ८ सय ३४ पुगेको मन्त्रालयले भाईबर मार्फत जानकारी गराएको हो। नेपालमा मृत्यु दर १.४२ प्रतिशत छ भने सक्रिय संक्रमितको दर ४.४७ प्रतिशत छ। त्यसै गरि निको हुने ९४.११ प्रतिशत देखिएको छ।
हाल क्वारेण्टाईन बस्नेको संख्या ३ सय ९० छ भने आइसोलेशनमा बस्ने ३१ हजार १४ छ।
प्रतिक्रिया