साउन १४ ,काठ्माण्डौ।
आज देशभरबाट ३ हजार ३ सय ६५ जना कोरोनाका नयाँ संक्रमितहरु थपिएका छन्। पछिलो २४ घन्टामा १४ हजार २ सय ४२ जनाको परिक्षण गर्दा सो नतिजा आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो संगै कुल संक्रमित संख्या ६ लाख ९० हजार ६ सय ४२ पुगेको मन्त्रालयले जानेको छ। गत २४ घण्टा भित्र ९ हजार ५ सय ५५ जनाको पिसिआर र ४ हजार ६ सय ८७ जनाको अण्टिजेन परिक्षण गरिएको थियो।
जसमा पिसिआर मध्ये २ हजार ३ सय ३५ जना र अण्टिजेन मध्ये १ हजार ३० जनामा संक्रमण पुष्टि भएको हो।
साथै आज १६ जना संक्रमितको मृत्यु पनि भएको छ। नेपालमा हालसम्म कोभिड १९ बाट ज्यान गुमाउनेको संख्या ९ हजार ८ सय ७ पुगेको छ।
आज देशका बिभिन्न स्थानबाट १ हजार ३ सय ७३ जना कोरोना जितेर घर फर्केका छन्। यो संगै कोभिड १९ लाई पराजित गर्नेहरुको कुल संख्या ६ लाख ५० हजार ४ सय ४५ पुगेको छ। हाल नेपालमा निको हुने दर ९४.१८ प्रतिशत रहेको छ। त्यसै गरि सक्रिय संक्रमितको दर ४.४० प्रतिशत छ भने मृत्यु दर १.४२ प्रतिशत छ।
हाल संक्रमित हुनेमा ३९.७८ प्रतिशत महिला र ६०.२२ प्रतिशत पुरुष देखिएका मन्त्रालयले भाइबर मार्फत जनाएको छ।
प्रतिक्रिया