निरन्तर उकालोतिर संक्रमण दर ; आज झन् बढ्यो

एकै दिन ३३ जना संक्रमितको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

साउन १३,काठमान्डौ।
पछिलो एक साता यता कोरोना संक्रमण निरन्तर बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अद्यावधि जानकारी अनुसार एक हप्ता भित्र २२ हजार दुई सय दुई जनामा संक्रमण देखिएको छ। गत साउन ७ गते २ हजार ७ सय १४ जनामा संक्रमण देखिएकोमा आज देशभरबाट ३ हजार ८ सय ४० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो संगै देशभर संक्रमित हुनेको संख्या ६ लाख ८८ हजार ३ सय ७ पुगेको मन्त्रालयले जनाएको छ।

गत २४ घन्टामा १० हजार ८ सय ८६ जनाको आरटि पिसिआर र ४ हजार ९ सय २२ जनाको अण्टीजेन गरि १५ हजार ८ सय ८ जनाको परिक्षण गर्दा उक्त नतिजा आएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भाइबर मार्फत गराएको जानकारी अनुसार आज ३३ जना संक्रमितहरुको मृत्यु भएको छ। यो संगै नेपालमा कोरोना संक्रमणले ज्यान गुमाउनेहरुको संख्या ९ हजार ७ सय ९१ पुगेको छ।

पछिलो २४ घन्टामा १ एक हजार ९ सय ९३ जनाले कोरोना जितेका छन्। यो संगै निको हुनेको संख्या ६ लाख ४९ हजार ७२ पुगेको छ।
हालमा नेपालमा निको हुने दर ९४.३ % देखिएको हो। हाल सक्रिय संक्रमितको दर ४.२८ प्रतिशत रहेको छ भने मृत्यु हुने दर १.४२ प्रतिशत छ। हाल सम्म नेपालमा ३५ लाख ७४ हजार ८ सय ६४ जनाको परिक्षण गरिसकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।