आजको राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

२०७८ साउन ११ गते, साेमवार, २६ जुलाई २०२१। श्रावण कृष्णपक्ष, तृतीया तिथि। धनिष्ठा नक्षत्र, १२ः२१ बजेपछि शतभिषा। चन्द्रराशि– कुम्भ।

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

रोकिएका काम पुनः सुरु हुन सक्छन् । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । जग्गा जमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आज सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । अध्ययन र प्राविधिक कार्यमा रुचि बढ्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज आफन्त सँग मनमुटाव बढ्ला । स्वास्थ्य प्रतिकूल रहन सक्छ अतः स्वस्थ प्रति सचेत रहनु होला, तर शेयर बजारको लगानी राम्रो हुनेछ ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

शुभारम्भको चर्चा चल्नेछ । सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । छोटो यात्राको अवसर मिल्नेछ ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । छोटो यात्राको योजना बन्नेछ ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना रहेको छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आज बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कार्य सहजै सम्पादन हुन सक्छ । आफूसँग भएको क्षमता प्रदर्शन गरेर अवसर र सफलता मिल्नेछ ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । धार्मिक सभा समारोहमा सरिक हुने सम्भावना छ । शेयर बजारको लगानीले पनि राम्रै लाभ मिल्ला ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । भक्ति भाव पनि बढ्नेछ ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आज समान हराउन सक्नेछ । आज बन्नु पर्ने काममा व्यवधान आउन सक्छ, तर साँझमा शुभकार्यको चर्चा चल्नेछ र आफन्तको सहानुभूति मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल