आजको राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको राशिफल
२०७८ साउन ६ गते, बुधवार, २१ जुलाई २०२१। आषाढ शुक्लपक्ष, द्वादशी तिथि ९१४ः२२ बजेदेखि त्रयोदशी०, ज्येष्ठा नक्षत्र ९१७ः२७ बजेदेखि मूल०, चन्द्रराशि– वृश्चिक, १७ः२७ बजे सम्म
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
काम गर्ने अवसर प्राप्त भए पनि प्रतिफल प्रतीक्षा गर्नुपर्ला। अरूको भरपर्दा आफ्नो काम प्रभावकारी काम नहुन सक्छ। परिबन्धले समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला। आलोचकहरूलाई पनि व्यवहारले समेट्ने प्रयास गर्नुहोला। मिहिनेत गर्दा नियमित काम सम्पादन हुनेछन्।

वृष
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ। लगनशीलताले नयाँनयाँ काम गर्ने अवसर दिलाउनेछ। केही विवादास्पद कामको जिम्मेवारी समेत वहन गर्नुपर्ला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, ह
पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। तर जिम्मेवारी बढे पनि काम बिग्रने भयले सताउन सक्छ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। साँझतिर अरूको वादविवादले आफ्नो काम रोकिएला। रमाइलो परिस्थिति खलबलिन सक्छ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सुखद समाचारले उत्साह जगाउनेछ। अध्ययनमा प्रगति हुनेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउन सक्छ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। साँझदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानीका स्रोत पनि बढ्नेछन्। प्रतिस्पर्धामा विजयी भइनेछ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ। बेसुरमा बोल्ने बानीले पनि दुस्ख पाइनेछ। अरूलाई दिएको वचन पूरा गर्न नसकिए पनि शुभचिन्तकहरूले साथ दिनेछन्। साँझदेखि बौद्धिक कलाको प्रभाव बढ्नेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ।

कन्या
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला।उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। साँझदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला।

तुला
र, रि, रु, रे, रो, ता, ति, तु, ते
परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ। विविन्न भौतिक सुविधाका वस्तुहरू जुटाउन सकिनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने दिगो काम प्रारम्भ गर्ने समय छ। अध्ययनमा प्रगति हुनुका साथै अनुभवलाई पनि निखार्ने अवसर प्राप्त हुनेछ। काममा रुचि बढ्नेछ भने व्यापारमा राम्रै लाभ हुनेछ।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ।

धनु
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
समयमा होस नपुग्नाले आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ। घरखर्च बढ्नुका साथै अर्थ अभाव देखा पर्नेछ। तापनि विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। परिस्थितिवश सामान्य काममा बढी अलमल हुनेछ। अवसरको खोजीमा केही दौडधुप गर्नुपरे पनि साँझतिर मिहिनेतको प्रतिफल प्राप्त हुनेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम सम्पादन हुन सक्छ।

मकर
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आयआर्जनका स्रोत बढ्नेछन् भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। मिहिनेतले आम्दानी बढाउनेछ। श्रमको उचित मूल्यांकन होला। कृषि, पशुपालन तथा व्यापारमा मनग्गे लाभ हुनेछ। अध्ययनमा राम्रै प्रगति हुनेछ। साँझतिर केही खर्च बढ्नेछ। यात्राको अवसर भने प्राप्त हुन सक्छ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, द
अवसर प्राप्त भए पनि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। पुरानो हिसाबकिताब सुल्झाउन समय लाग्नेछ। लगनशीलताले लाभ उठाउन सकिनेछ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ। काम गरेर दाम कमाउने अवसर प्राप्त हुनेछ। साँझतिर व्यवसायमा फाइदा हुनेछ। नयाँ काम प्रारम्भ गर्न सकिनेछ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सामाजिक कामले नाम, दाम र इनाम दिलाउनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामा प्रवृत्त गराउनेछ। आम्दानी थोरै भए पनि आवश्यकता पूरा हुनेछन्। शुभचिन्तकहरूले साथ दिनेछन् भने भविष्यका लागि धनसञ्चय र कर्मनिश्चय गर्ने समय छ । सानो प्रयत्नले कीर्तिमानी कामको यश लिने सौभाग्य समेत प्राप्त हुनेछ।