काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर तीन हजार १०८ जना कोभिड–१९ संक्रमित थपिएका छन् । १३ हजार १३५ वटा स्वाब नमुनाको परीक्षण गर्दा तीन हजार १०८ जनामा संक्रमण पुष्टि भएको हो । जसमा आज २५ जनाले काेराेना कारणले मृत्यु वरण गर्नु परेकाे स्वास्थ तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छन् ।
त्यस्तै, योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या नौ हजार ६०७ पुगेकोे छ ।
पछिल्लो २४ घण्टामा देशभर एक हजार ५९५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।
प्रतिक्रिया