आजको मौसम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले बिहान देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका केही स्थानमा र बाकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आउ दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

आज राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश २, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार भोलि र पर्सि पनि दिउँसो र राति देशका विभिन्न भागमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ ।