वि सं।२०७८ साल क्षावण ०१ गते । शुक्रबार । ईश्वी सन् २०२१ जुलाई १६ तारिख । नेपाल संवत् ११४१ ।कर्कट सड.्क्राति। दक्षिणायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । आषाढ शुक्ल पक्ष । तिथि– षष्ठी , ०६ बजेर २५ मिनेट उप्रान्त अष्टमी,। नक्षत्र, हस्ता, भोलि ०२ बजेर ५४ मिनेट उप्रान्त चित्रा । योग– परिधि, बिहान ०९ बजेर ५७ मिनेट उप्रान्त शिव । करण–तैतल बिहान ०६ बजेर २५ मिनेट उप्रान्त बिष्टि। चन्द्रराशि– कन्या दिउँसो ०२ बजेर २५ मिनेट सम्म ।
काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर १८ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०१ मिनेट । दिनमान १३ घडी ४२ पला ।
दक्षिणायन आरम्भ
वर्षदिनमा दुईपटक सुर्यको स्थितिमा परिवर्तन हुने गरेको छ। ति दुई परिवर्तनलाई “उत्तरायण र दक्षिणायन” भनेर बुझिन्छ। ६ -६ महिनाको अवधिमा सुर्यले मकर राशि देखि मिथुन राशिसम्म गोचर गर्दा त्यस समयलाई उत्तरायण भनिन्छ भने जब सुर्य कर्कट राशी देखि धनु राशिसम्म प्रवेश गर्दछ त्यो समयलाई दक्षिणायन भन्ने गरिन्छ।
दक्षिणायनको अवधिमा सुर्यको परिक्रमा मार्ग बिस्तारै दक्षिण तर्फ लाग्दै गरेको हामीले देख्ने सक्छौ। शास्त्रको अनुसार दक्षिणायनलाई नकारात्मकता तथा उत्तरायणलाई सकारात्मकता को प्रतीक मान्ने गरिन्छ। शास्त्रको अनुसार उत्तरायणको ६ महिना देवताहरुको एक दिन हुन्छ भने दक्षिणायनको ६ महिना देवताहरुको एक रात।
पौराणिक भनाई के रहेको छ भने उत्तरायणको बेला मृत्यु भएका मानिसहरुले मोक्ष प्राप्त गर्छन भने दक्षिणायनको बेला मृत्यु भएका मानिसहरुले पुनर्जन्म लिनु पर्छ, यसैकारण पनि सुर्यको यी दुई स्थितिलाई मानिसहरुको संसारबाट मुक्तिको मार्ग मान्ने गरिएको पाइन्छ।
दक्षिणायनको बेला रातहरु लामो र दिनहरु छोटो हुने गर्दछन् । दक्षिणायनमा विवाह, गृह प्रवेश, व्रतबन्ध आदि विशेष शुभ कार्य गर्नु उचित मानिदैन। तर यो समयमा इच्छा, कामना र भोगको वृद्धि हुने भएकाले यस बेला चोखो नितो गरेर लिईएको व्रत एवं गरेको पुजा आराधनाले रोग र शोक मेटिने विश्वास रहेको छ।
दक्षिणायनको बेलामा वर्षा, शरद र हेमन्त ऋतुहरु पर्दछन् त्यसैकारण दक्षिणायनमा आकाशलाई बादलहरुले घेरेको पाइन्छ। व्रत एवं उपाशनाको लागि उत्तम मानिने यो समयमा सबैको भलो होस्।
प्रतिक्रिया