काठमाडौं, ३० असार । निवर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले आज सरकारी निवास छोड्दै छन् ।
बिहान ११ बजेपछि उनले बालुवाटारमा रहेको सरकारी निवासबाट निजी निवास बालकोट जाने प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । ओलीलाई बालुवाटारदेखि निजी निवाससम्म नेता कार्यकर्ताले स्कर्टिङ र स्वागत गर्दै लैजाने तयारी गरेका छन् ।
राष्ट्रिय युवा संघ नेपालले सयौँँ मोटरसाइकल र गाडीसहित स्कर्टिङ गरेर भक्तपुरको कौशलटारदेखि बालकोट निवाससम्म लगिनेछ ।
बालकोटमा ओलीलाई नागरिक अभिनन्दन गरिने एमाले नेता महेश बस्नेतले बताएका छन् । प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएसँगै ओली निजी निवासमा सर्न लागेका हुन् ।
प्रतिक्रिया