१३ औं साफ च्याम्पेनसिप नेपाल मै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) नेपालमा आयोजना गर्न खेल सम्बद्ध
निकायहरुलाई निर्देशन दिनुभएको छ ।

नेपाल किर्गिजस्तान र बंगलादेशबीच गत चैतमा सम्पन्न त्रिदेशीय फुटबल प्रतियोगितामा सहभागी भएका नेपालको राष्ट्रिय फुटबल टोली सदस्यहरुलाई विशेष नगद पुरस्कारबाट सम्मानित गर्न आइतबार बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिनभएको हो ।

विगत लामो समय देखि आयोजन हुननसकेको दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) आयोजना गर्ने पालो
बंगलादेशको हो । गत वर्ष रोकिएको यो प्रतियोगिता यस वर्ष पनि कहिले हुने भन्ने टुंगो लागेको छैन ।

यसै प्रसंगमा नेपाली टिमका कप्तान किरण चेम्जोङले सो फुटबल प्रतियोगिता बंगलादेशले आयोजना गर्ने सम्भावना टर्दै गएको अवस्थामा नेपालले नै गर्दा राम्रो हुने बताउनुभएको थियो । त्यसैतर्फ संकेत गर्दै प्रधानमन्त्रीले प्रतियोगिता नेपालले आयोजन गर्ने र त्यस सँगै नेपाली टिम पनि जित्ने मानसिकताका साथ उत्रिनुपर्ने बताउनुभएको थियो ।

‘साफ खेलमा यदि तपाईहरु जित्न चाहनुहुन्छ भने हामी आयोजना गर्छौं ।’ साथै उहाँले खेल खेल्ने मात्र हैन जित्ने आत्मविश्वास खेलाडीमा हुनुपर्ने त्यसका लागि निरन्तरको अभ्यास, व्यायाम र संयम आवश्यक रहेको धारणा प्रधानमन्त्रीको थियो । नेपालीहरुलाई खेलमा जित्ने बानी विस्तारै पर्दै जान थालेको बताउँदै प्रधानमन्त्रीले अब अमेरिकी गायक बब एवेगेनले जस्तो हामी जित्ने छौं एक दिन नभनी हामी आजै जित्ने छौं भन्नुपर्ने बताउनु भयो।

नेपाल विजयी भएको सो प्रतियोगिता पुरै समय हेर्नु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरुलाई भन्नुभयो,

त्यहाँ तपाईहरु मात्र होइन देश खेली रहेको थियो । तपाईहरुले जित्नु भयो नेपालले जित्यो । सोअवसरमा प्रधानमन्त्रीले विजय नेपाली टिमका क्याप्टेन किरण कुमार लिम्बु चेम्जोङ, रन्जित धिमाल रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, त्रिदेव गुरुङ, सन्जोग राई, रविशंकर पाशवान, तेज तामाङ, अन्जन विष्ट, अभिषेक रिजाल, विकेश कुथु, निशान खड्का, अजित भण्डारी, विराज महर्जन, छिरिङ गुरुङ, सुजल श्रेष्ठ, एरिक विष्ट विशाल राई, सुनिल बल, दर्शन गुरुङ, भरत खवास, दीप कार्कीलाई ४ लाख रुपैयाँको नगद पुरस्कार र प्रशिक्षकहरु बालगोपाल महर्जन, किरण श्रेष्ठ र विकास मल्ललाई दुई लाख रुपैयाँ नगदसहितको सम्मानपत्र प्रधान गर्नुभएको थियो ।