काठमाडौं, २७ असार
प्रधानमन्त्री केपी शर्मा ओलीले देशले अब कोरोनाविरुद्धको खोपको अभाव व्यहोर्नु नपर्ने बताउनुभएकोछ ।
वीर अस्पतालको नवनिर्मित सल्यचिकित्सा भवनको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्रीले हिजो मात्रखोपको थप मात्रा प्राप्त भएको, भोलीसमेत आउने र अब निरन्तर ल्याउनका लागि सरकार लागि परेकोबताउनुभयो ।
‘कोभिड विरुद्धको खोप गति साथ ठूलो संख्याका जनतालाई दिन विभिन्न देश र कम्पनीहरुसँगसहमति र संवाद गरिरहेछौं यसरी लगभग सन् २०२१ भित्र मोटमोटी सबै जनसंख्यालाई हामी खोपलगाइसक्छौं’, उहाँले भन्नुभयो ।
यस अवधिमा सामाजिक दुरी कायम राख्ने, मास्कलगायतका स्वास्थ्य मापदण्ड पालना गर्ने काम भनेसंसारभरबाट कोभिड १९ समाप्त नभएसम्म जारी राख्नुपर्ने उहाँले बताउनुभयो ।
सरकारले निरोगी नेपालको मुख्य अवधारणा लिनुका साथै रोग लागि हालेमा प्रभावकारी र सफलचिकित्सा पद्धतिमार्फत उपचार सेवा जनतासमक्ष लैजाने भनाई पनि उहाँको थियो । यस्तो उपचारजनताको जनताको क्रय शक्ति भित्रकै रहोस् र खर्चिलो उपचार सेवासमेत बिमाले समेटदै जाने बनोस्भन्ने पक्षमा सरकार रहेको पनि उहाँले बताउनभयो ।
नेपाली भूमि ज्ञानको उत्पत्तिस्थल भएकाले चिकित्सा शास्त्र, शल्य क्रिया जस्ता विषयको ज्ञान यहीप्रादुर्भाव भएको पनि उहाँले बताउनुभयो । ‘हाम्रा पुर्वज अन्धविश्वासी थिएनन् अनुसन्धान गरेकोआधारमा विभिन्न जडिबुटिका औषधीय गुणका साथै दुई हजार वर्षअघि श्रूसुत संहिता चरक संहितानिस्किसकेका थिए ।
‘यस्तो शिक्षालाई शाशकले अघि नबढाएका कारण शिक्षा निषेध हुन थालेपछि त्यो ज्ञानको प्रसार हुनपाएन परिवारमा सिमित भयो’ उहाँको भनाई थियो । अब नेपालको चिकित्सा शिक्षा बलियो रभरपर्दाे भएको बताउदै आफ्नै अनुभवमा विदेशको तुलनामा भन्दा नेपालको उपचार धेरै सजिलोमहशुस गरेको समेत प्रधानमन्त्रीले बताउनुभयो ।
नेपाललाई चिकित्सा शिक्षाको अन्तर्राष्ट्रिय केन्द्र बनाउन सकिने बताउँदै उहाँले दुवाकोटमा समेत वीरअस्पतालको विस्तारले पनि थप उर्जा दिने उहाँले बताउनुभयो । नेपालमा जति सस्तो उपचार सेवाअन्यत्र नभएको समेत प्रधानमन्त्रीले उल्लेख गर्नुभयो ।
अस्पतालका स्वास्थ्यकर्मी तथा व्यवस्थापनले कसरी विरामीसँग व्यवहार गर्ने भन्ने सम्बन्धमा सचेतहुनेपर्ने बताउँदै प्रधानमन्त्रीले विरामीको आधा रोग मनोबल कसरी बढाउँदा नै निको पार्न सकिनेकुुरालाई चरितार्थ गरिनुपर्ने बताउनुभयो
।
अस्पताललाई अबिलम्ब पूर्ण क्षमतामा लैजाने र त्यसक्रममा नचाहिएको सामान किनेर निस्कृयबनाउने काम गर्नुनहुने भनाई पनि प्रधानमन्त्रीको थियो ।
अस्पतालका प्रमुख प्रशासकीय अधिकृत जागेश्वर गौतमले २०७४ साल फागुन २५ गते शिलान्यासभएको सर्जिकल भवन समय भन्दा अगाडी नै निर्माण सम्पन्न हुनु खुसीको विषय भएको बताउनुभयो ।
सर्जिकल भवनको निर्माणबाट वीर अस्पतालमा थप ५०० शैया थपिएको बताउँदै अब नयाँ भवनमाकोभिड र पुरानो भवनमा गैर कोभिडको उपचार गर्न सहज भएको बताउनुभयो । अस्पताल पूर्णक्षमतामा संचालनहुँदा दुई सय वटा सघन उपचार कक्ष र एक सय वटा डायलायसिस सेवा दिने सैयाबन्ने तथा छुटै जेष्ठ नागरिक वार्ड निर्माण गरिने जानकारी पनि दिनुभयो ।
प्रतिक्रिया