काठमाडौं । नेकपा (एमाले)को विवाद समाधान गर्न गठित कार्यदलको शनिबारको बैठक टुंगिएको छ । अपराह्न सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बैठक बसेको थियो ।
बैठकबाट बाहिरिने क्रममा नेता गोकर्ण विष्टले भोलि (आइतबार) सार्थक निष्कर्षमा पुगिने बताए । आज लगभग निष्कर्षमा पुगिसकेको उनको भनाइ छ ।
“भोलिको दिन पार्टी एकताको सन्देश दिन सफल हुनेछौँ । भोलि सार्थक निष्कर्षमा पुग्नेछौँ,” उनले भने, “विश्वासको वातावरण बनेको छ । सुखद् समाचार भोलि नै सुन्न पाउनुहुन्छ ।”
प्रतिक्रिया