काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १० हजार ४१७ वटा स्वाब नमुनाको परीक्षण गर्दा देशभर दुई हजार १६९ जनामा संक्रमण देखिएको थियो । त्यसमध्ये काठमाडौं उपत्यकामा मात्रै ४१४ संक्रमित थपिएका हुन् ।पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमा काठमाडौंमा मात्रै ३०३ जना छन् । यस्तै, ललितपुरमा ६० र भक्तपुरमा ५१ संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर २२ जनाको मृत्यु पुष्टि भएको छ । यस्तै, पछिल्लो २४ घण्टामा देशभर एक हजार ४३२ जना निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।
प्रतिक्रिया