एक दिवशीय टी 20 एक साता पछि हट्याे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, २६ असार । भारत र श्रीलंकाबीचको एकदिवसीय र टी–ट्वान्टी क्रिकेट सिरिज एक साता पछाडि धकेलिएको छ ।

घरेलु टोली श्रीलंकाका ब्याटिङ प्रशिक्षक ग्रान्ट फ्लावर र डाटा एनालिस्ट जिटी निरोशनलाई कोरोना भाईरसको संक्रमण देखिएपछि पुरै टिम आइसोलेसनमा छ । जसका भारत र श्रीलंका बिच हुने एकदिवसिय टी(२० सिरिज सरेको हो ।

भारत र श्रीलंकाबीचको तीन खेलको एकदिवसीय सिरिज मंगलबारबाट हुने थियो । तर, अब एकदिवसीय सिरिज जुलाई १७ बाट सुरु हुनेछ । टी २० सिरिज जुलाई २४ मा सुरु हुनेछ ।

यसअघि पहिलो एकदिवसीय खेल जुलाई १३, दोस्रो जुलाई १६ र तेस्रो जुलाई १८ मा हुने कार्यक्रम थियो । नयाँ तालिका अनुसार पहिलो खेल जुलाई १७, दोस्रो जुलाई १९ र तेस्रो जुलाई २१ मा हुने छ ।

टि(२० आई सिरिज अव पहिलो खेल जुलाई २४, दोस्रो २५ र तेस्रो जुलाई २७ मा हुनेछ । यसअघि पहिलो टि(२० जुलाई २१, दोस्रो खेल २३ र चौथो २५ मा हुने कार्यक्रम थियो ।