उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आज आइतबार बसेको संयुक्त बैठकले कोभिड संक्रमण उल्लेखनीय रुपमा नघटेको निष्कर्ष निकाल्दै केही थप क्षेत्र खुलाउँदै एक साताका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । यस अनुसार आगामी असार १४ गतेसम्म लागू हुने निषेध आज्ञामा निजी सवारी साधन जोर बीजोर नम्बरका आधारमा चल्नेछन् ।
निर्णय अनुसार आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा पसल, मोबाइल पसल बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म० खुल्नेछन् ।
सोमबार, बुधबार र शुक्रबार डिपार्टमेन्ट स्टोर, फेन्सीका पसलहरु खुल्नेछन् । यी पनि बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म मात्र खुल्नेछन् । खाद्यन्न पसल भने हरेक दिन बिहान ११ बजेसम्म खोल्न पाइने छ । निर्माण सामग्रीका पसलहरु पनि बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खोल्न पाइनेछ ।
प्रतिक्रिया