सरकारले अस्पतालहरुलाई भन्यो, ‘सात दिन भित्र सेवाको प्रकार र शुल्क सार्वजनिक गर’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सरकारले कतिपय अस्पतालले चर्को शुल्क लिएको भन्ने व्यापक जनगुनासो आएको उल्लेख गर्दै आगामी सात दिन भित्र आफूकहाँ उपलब्ध स्वास्थ्य सेवा र त्यसबापत लाग्ने शुल्क अनिवार्य रुपमा सार्वजनिक गर्न सरकारी, निजी सहकारी तथा सामुदायिक स्वास्थ्य संस्थाहरुलाई आव्हान गरेको छ ।

मन्त्रालयद्वारा आज जारी सूचनामा भनिएको छ, ‘सात (७) दिनभित्र आफ्नो अस्पताल तथा स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवाको प्रकार र सो को लागत रकम शीर्षक समेत उल्लेख भएको मूल्य सूचि(शुल्क) संचालक समिति, बोर्ड, आधिकारिक निकाय बाट निर्णय गराई अनिवार्य रुपमा आआफ्नो वेभसाइट मार्फत सार्वजनिक गर्ने, सूचना पाटीमा सबैले देख्ने गरी राख्ने र सो को जानकारी स्वास्थ्य संस्था संचालन इजाजतपत्र दिने तथा नविकरण गर्ने निकाय समक्ष पठाउनुहुने अनुरोध छ ’

सूचनामा मन्त्रालयले बिरामीको उपचारबापत लाग्ने शुल्कको जानकारी पाउनु प्रत्येक नागरिकको अधिकार भएको समेत उल्लेख गरेको छ । ‘यस विषम परिस्थितिमा समेत कतिपय स्वास्थ्य संस्थाले विरामीको उपचार बापत चर्को शुल्क असुल उपर गरेको विरामीको लागि अत्यावश्यक प्राणवायु (अक्सिजन)को समेत अत्याधिक शुल्क लिएको, अनावश्यक परीक्षण गर्न लगाई बिरामी माथि थप आर्थिक व्ययभार बढाएको, उपचारका लागि आवश्यक बन्दोबस्तीका सामग्री व्यवस्था गर्न विरामी आफैंलाई लगाउने तथा आवश्यकता भन्दा बढी औषधि खरिद गर्न लगाएको समेत गुनासो हेलो सरकारमार्फत समेत प्राप्त भएको’ उल्लेख छ।