कोरोना कहर विस्तारै ओह्रांलो तिर – मृतक संख्या १०० भन्दा कम, निको हुने दर ८० प्रतिशत भन्दा बढी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अघिल्लो सातासम्म उच्चतम् विन्दुमा रहेको कोरोना कहर क्रमशः ओह्रालो लाग्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट आज अद्यावधिक गरिएकोे तथ्यांक अनुसार कुल कुल २० हजार एक सय ६५ जनाको स्वाब परीक्षण गर्दा ६ हजार ८५ जनामा संक्रम(ा देखिएको छ भने ६ हजार ८ सय ९८ जना संक्रमण मुक्त भएका छन् ।

विगत केही साता देखि एक सय भन्दा माथि नै रहेको मृत्यु संख्या आज ६८ मा झरेको छ । गत जेठ १ १ गते देखि हिजो जेठ १७ गते सम्म कोरोना संत्र mमणबाट निधन हुनेको संख्या क्रमशः १सय ६९ , १ सय ४५, १ सय ६, १ सय १६, एक सय ९ र एक सय १४ रहेको थियो ।