‘कालो ढुसी’ को संक्रमण भेटिएको छ , सर्तक रहनुहोस् ,स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कालो ढुसी भएका मानिसहरुमा सामान्य यी देखा पर्ने लक्षणहरु

अनुहार, मुख, नाक, आँखा वरिपरि दुख्ने
आँखा र नाक सुन्निने, रातो हुने वा दुख्ने
नाकबाट रगत बग्ने, बाक्लो सिँगान आउने
ज्वरो आउने
आँखाको ढकनी सुनिने, ढकनी झुक्ने, आँखा धमिलो देखिने
दाँत दुख्ने वा हल्लिने
यी मानिसहरुमा उच्च जोखिम हुने सम्भावना हुन्छ

कोभिड–१९ उपचारका क्रममा स्टेरोइड प्रयोग गरेका व्यक्तिहरु
चिकित्सकको सल्लाह बिना एन्टिबायोटिक वा अन्य औषधिको जथाभावी प्रयोग गर्नेहरु
मधुमेह भएका वा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरु
घरमा आइसोलेसनमा बस्दा अपनाउन सकिने रोकथामका उपायहरु

सफा र सुख्खा माक्स प्रयोग गर्ने, डिस्पोजेबल मास्कको पुनः प्रयोग नगर्ने
नियमित रुपमा हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने
व्यक्तिगत सरसफाईमा ध्यान दिने
घर बाहिर वा फोहोरमा काम गर्नु परे डिस्पोजेबल पन्जाको प्रयोग गर्ने
धेरै धुलो भएको र ओसिलो ठाउँमा नजाने
नुुनिलो पानीले नाक सफा गर्ने
पोभिडोन आयोडिन भएको तरल पदार्थले घाँटी र मुख कुल्ला गर्ने
मधुमेह भएका विरामीले सुगर नियन्त्रणमा राख्ने
स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै औषधी प्रयोग गर्ने