सरकार – थरुहट छ बुँदे सहमति ; रेशमको रिहाईदेखि मातृृभाषमा पढाइसम्म

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सरकार र  थरुहट/ थारुवान संयुक्त संघर्ष समितिबीच छ बुँदे सहमति भएको छ ।

सहमतिअनुसार थारुहट/थारुवान आन्दोनका क्रममा टीकापुर भएको घटनाका आरोपित धनीराम चौधरी, रेशमलाल चौधर िर लक्षमणलाल चौधर िलगायका सम्पूर्णको मुद्दा फिर्ताका र रिहाइका लागि संविधान र कानुन सम्वत पहल गरिने भएको छ ।
यसबाहेक थरुहट आन्दोलनमा सहिद भएका तर राहत सूचिमा छुटेकाका परिवारलाई तत्काल राहत दिने । साथै क्षतिपूर्ति दिने, र संविधानले व्यवस्था गरे बमोजिम राज्यका हरेक निकायमा थारु समुदायको प्रतिनिधित्व गराउने सहमति समेत भएको छ ।
यसै गरी थारु भाषीको बहुलता रहेको क्षेत्रमा मातृभाषामा पठन पाठन गराउने सहमति पनि सरकार र थरुहट आन्दोलनकारीका बीचमा भएको छ ।
लामो समयदेखि १९ बुँदे माग सहित आन्दोलनरत थरुहट थारुवान संयुक्त संघर्ष समिति सँग सरकारी पहलमा भएको लगातारको वार्तापछि यो सहमती भएको हो ।
सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा। राजन भट्टराई र एमाले केन्द्रीय सदस्य भगवती चौधरी सदस्य रहनुभएको थियो भने थरुहट तर्फबाट पूर्व सांसद रुक्मिणी चौधरीको संयोजकत्वमा पद्मनारायण चौधरी, प्रेमीलाल चौधरी, प्रभातकुमार चौधरी र चन्द्रप्रसाद चौधरी वार्तामा रहनुभएको थियो । गृहमन्त्री थापा पदमुक्त हुनुभएपछि कानूनमन्त्री लीलानाथ श्रेष्ठलाई वार्ताटोलीको संयोजकको जिम्मेवारी दिइएको थियो ।