शव व्यवस्थापनमा पनि स्काउट सक्रीय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रदेश नम्बर १को राजधानी बिराटनगरमा आज नेपाल स्काउट प्रदेश तदर्थ समितीका सम्योजक रवि खनालको नेतृत्वमा नेपाली सेनाबाट तालिम प्राप्त स्काउटरहरुको टिमले सस्थागत रुपमा पहिलो पटक कोभिड १९ बाट संक्रमण भई निधन हुनुभएका बिराटनगरका ५४ वर्षिय पुरुषको शव ब्यवस्थापन गरेका छ्न।

यस अघि नै सन्क्रमितहरुको शव ब्यवस्थापनका निम्ति प्रदेश नम्बर १ का झापा, मोरङ र सुनसरी जिल्लाका ४२ स्काउटरलाई नेपाली सेना पुर्वी पृतना हेडक्वाटर र नम्बर २ बाहिनी अड्डा, हिलेले तालिम दिएको थियो । स्काउट प्रदेश कार्यालयका प्रदेश अधिकृत नवराज घिमिरेका अनुसार बेलबारी,रङेली, धरान, दमक, बिर्तामोड र भद्रपुरमा पनि स्काउटले शव ब्यवस्थापन गर्ने तयारी गरेको जानकारी दिएका छन।

शव ब्यवस्थापनका लागी खटिएका स्काउट स्वयंसेवकहरु लाई अलग्गै बस्ने ब्यवस्थापन गरीएको पनि घिमिरेले जानकारी गराए। कोभिड १९ महामारी लाई लक्षित गर्दै स्वास्थ्य परामर्श प्रदान गर्ने उदेश्यका साथ डाक्टर अन कल हेल्पलाईन सेवा पनि संचालनमा रहेको छ।