नेपाल सरकारले सगरमाथाको सफल आरोहण गरेका बहराइन राजकुमार मोहम्मद हमाद मोहम्मद अल खालिफालाई प्रमाण पत्रसहित सम्मान गरेको छ।
सोमबार ह्ययात होटलमा आयोजित एक कार्यक्रममा पर्यटन विभागका महानिर्देशकले रुद्रसिंह तामाङले प्रमाणपत्रसहित सम्मान गरेका हुन्।
तामाङले राजकुमारसहितको १२ जनाको टोलीलाई सम्मान गरे। उनले महामारीको बिचमा पनि हिमाल आरोहण गर्न विदेशी आउनुले नेपालको पर्यटन क्षेत्रमा सकरात्मक सन्देश जाने बताए।
प्रतिक्रिया