साथीहरू, चिनियाँ कम्युनिष्ट पार्टीले नेपालका विभिन्न पार्टीहरूसँग आयोजना गरेको “महामारी विरूद्ध गरौं, जन–सुरक्षाको संरक्षण गरौं” नामक सम्मेलनमा भाग लिनुभएकोमा म स्वागत गर्छु। नेपालमा महामारी द्रुत गतिले फैलिइरहेको छ, यसबाट नेपाली जनताको जीवन तथा स्वास्थ्यलाई ठूलो खतरा उत्पन हुँदैछ । सर्वप्रथम मैले चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव एवं चिनियाँ राष्ट्राध्यक्ष सम्मानीय सि चिन भिङले नेपाली जनतालाई दिनुभएको सान्त्वना र शुभकामना हस्तान्तरण गर्छु।
सम्मानीय महासचिव सि चिन भिङले भन्नुहुन्छ, ‘महामारी विरूद्ध तथा अर्थतन्त्र पुनरूत्थान अन्तर्राष्ट्रिय समाजको प्राथमिक कार्यभार हो, हामीले वैज्ञानिक कदमको तर्जुमा, एकताबद्ध भएर सहयोग, समानता तथा न्यायलाई कायम राख्ने र व्यवस्थापनलाई पूर्णता दिनुपर्नेछ’। यसका साथै उहाँले चीनले निरन्तर रूपमा विश्वलाई महामारी विरूद्धको संघर्षमा साथ दिने घोषणा गर्नुभएको छ। यसको अन्तर्राष्ट्रिय समाज विशेष गरी विकासोन्मुख मुलुकहरूले उच्च प्रशंसा गरेका छन्।
सम्मानीय महासचिव सि चिन भिङको भनाई छ–‘चीन र नेपाल पहाडसँग पहाड, पानीसँग पानी जोडिएका युगौं युगदेखिका छिमेकी हुन्, र एक–अर्कालाई मद्दत दिइरहेको दाजु–भाइ पनि हुन्। त्यसैले नेपाली जनताले पीडित भएको दुःखी कुरा हामीलाई चिन्ता लाग्यो र दुःख पनि लाग्यो। हामीलाई नेपाली जनता जत्तिकै अनुभूती भयो । त्यसैले चिनियाँ कम्युनिष्ट पार्टीले नेपालका मुख्य राजनैतिक पार्टीहरूलाई एक सय Hydrogen Oxygen Generator with Nebulizer र छ लाख वटा N९५ मास्क प्रदान गर्नेछ। यीमार्फत नेपालले महामारीको नियन्त्रण गर्न तथा बिरामीलाई उपचार गर्न सक्छ भन्ने हाम्रो आशा हो। हामीलाई विश्वास छ, नेपाली जनताले यसबाट सम्माननीय महासचिव सि चिन भिङ तथा चिनियाँ कम्युनिष्ट पार्टीको मैत्रीभाव तथा माया अनभुति गर्न सक्नेछन् । साथै यसबाट चीनले नेपाललाई महामारी विरूद्ध गर्नका लागि दिएको समर्थनको गहिराई पनि थाहा पाउन सकिन्छ।
साथीहरू,
राजनैतिक पार्टीहरूले महामारीलाई विरूद्ध कार्य गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्छ। चीनमा महामारी भएपछि महासचिव सि चिन भिङको नेतृत्वमा चीनले महामारी विरूद्ध लडाईं जित्यो। त्यसै महामारीमा हामीले हासिल गरेका केही सफल अनुभव म बाडन चाहन्छु ।
हाम्रो पहिलो अनुभव हो, पार्टको नेतृत्वलाई सुदृढ राख्नुपर्छ र जनतालाई प्रथामिकतामा राख्नुपर्छ। महामारीलाई सामना गरेकोमा, चिनियाँ कम्युनिष्ट्र पार्टीले जनताको जीवन सुरक्षा तथा स्वस्थ्यलाई प्राथमिकतामा राख्छ, त्यसैले हामीले पनि जनताको माया पनि प्राप्त गर्छौं। हामीले जनताको जीवन सुरक्षा तथा महामारीको नियन्त्रणलाई प्राथमिकतामा राख्नुपर्छ, राजनैतिक पार्टीको भूमिका निर्वाह गर्नुपर्छ ।
दोस्रो, एकताबद्ध भएर सहयोगलाई कायम राख्नुपर्छ। प्रमाणित तथ्य अनुसार कठिन क्षणमा झन् एकताबद्ध हुनुपर्दछ। आज, नेपालका विभिन्न पार्टिहरूले यो सम्मेलनमा सँगसँगै भाग लिइरहेका छन्, यसबाट तपाईंहरूमा रहेको हातमा हात मिलाएर सँग सँगै महामारी विरूद्ध लाग्ने दृढ संकल्प देखिन्छ। त्यसैले हामीले महामारीलाई विरूद्धको प्रति कार्यलाई प्राथमिकतामा राखेर मतभेद समाधान गर्नुका साथै एकतालाई सबल पार्नुपर्दछ। मेरो विश्वास छ– सबैले हातमा हात मिलाएर, सबैको शक्ति जम्मा गरेर कोभिड १९ को महामारी जित्न सकिन्छ ।
तेस्रो, विभिन्न कठिनाई सामना गर्ने तयारी राम्रो सँग गर्नुपर्दछ। महामारी विरूद्ध लड्नका लागि सामाजिक सुरक्षा धेरै महत्वपूर्ण हुन्छ । त्यसैले हामीले राजनैतिक तथा सामाजिक स्थिरताको संरक्षण गर्नुपर्दछ। हामीले महामारी विरूद्ध गर्नुका साथै आर्थिक तथा सामाजिक विकासलाई पनि अघि बढाउनुपर्छ। अहिले चीनको अर्थतन्त्र राम्रो भइरहेको छ, त्यसैले चीन दुई मुलुकबीचको सहयोगलाई बढाउन, एक बेल्ट एक रोडको स्थापना गर्न, र नेपालको अर्थतन्त्र पुनरूत्थान तथा सामाजिक स्थिरताका लागि सक्दो प्रयास प्रदान गर्न इच्छुक रहेको छ।
चौथो, अन्तर्राष्ट्रिय सहयोगलाई कायम राख्नुपर्छ। मानव समुदायले सुख र दःुखलाई सँगसँगै सामना गर्नुपर्छ, यसमा मानवीय भाग्य पनि जोडिरहेको छ। महामारी देखाइएकोमा हामीले मानवीय सिद्धान्त लिई एकताबद्ध गर्ने, कठीनाई सामना गर्नुपर्छ र महामारीको राजनीतिकरण तथा बदनामीको विरोध गर्नुपर्दछ। चीनले नेपालका पार्टीसँग मध्यस्थतालाई सबल पार्नुका साथै महामारीको सहयोग गर्न समर्थन दिने इच्छा राख्छ।
पाँचौं आपसी विश्वासलाई गहन पार्दै कायम राख्नुपर्छ। चिनियाँ कम्युनिष्ट पार्टीले नेपालका मुख्य राजनैतिक पार्टीसँग मैत्रिपूर्ण आदान–प्रदान गरिरहेको छ, दुई मुलुकको राजनैतिक विश्वासलाई उकासन र व्यवहारिक सहयोगलाई अघि बढाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्छ। हामीले नेपालसँग मिलेर दुई मुलुकका राष्ट्रानायकले प्राप्त मतैक्यलाई व्यवहारमा उतार्नुका साथै उच्च स्थरको आदान–प्रदानलाई सबल गर्ने, रणनैतिक आदान–प्रदानलाई अघि बढाउने र एक–अर्कालाई सिक्ने इच्छा लिंछौं। यसमार्फत दुई मुलुक र दुई मुलुकका जनताको हित एवं कल्याण गर्नुपर्छ।
साथीहरू
चालु वर्ष चिनियाँ कम्युनिष्ट पार्टी स्थापित भएको १०० वार्षिकोत्सब हो। एक सयदेखि यता, चिनियाँ कम्युनिष्ट पार्टीले चिनियाँ जनतालाई सुख खोज्ने र चिनियाँ जाति पुनरूत्थान गर्ने पुरानो आस्था लिई चिनयाँ जनताले उभिएर धनी र बलियो बन्छन्। विशेष गरी चिनियाँ कम्युनिष्ट पार्टी अठारौं महाधिवेशन भएदेखि यता, महासचिव सि चिन भिङको नेतृत्वमा चीनले चौतर्फी रूपमा सम्पन्न समाजको स्थापना, गरिबी निवारण र समाजको आधुनिकीकरण गर्न थालेको छ । हामीले मानवीय सौभाग्य समुदायको सिद्धान्त लिई नेपाल लगायतका विश्वका विभिन्न मुलुकहरूसँग सँगै मिलेर विश्वको शान्तिको संरक्षण गर्ने, साझा विकास तथा समृद्धिलाई अघि बढाउने, अन्तर्राष्ट्रिय समान तथा न्यायको संरक्षण गर्ने र मानवको प्रगति कार्यलाई अघि बढाउने छौं। चिनियाँ कम्युनिष्ट पार्टी, सरकार तथा जनताले नेपाललाई महामारी विरूद्ध गर्नका लागि सहयोग प्रदान गर्दै जाने छ। हामीले विश्वास लिएका छौं । चीन तथा नेपालको सँगसँगै सहयोगमा, नेपालका विभिन्न पक्षको एकता र प्रयासमा, नेपालले आवश्य नै महामारी जित्न सकिंछ, नयाँ विकास हासिल गर्नसकिंछ।
प्रतिक्रिया