विवेकशील पार्टीका संस्थापक अध्यक्ष उज्जवल थापाको स्वास्थ्य अवस्था गम्भीर भएको छ । उनको स्वास्थ्य अवस्था जटिल हुँदै गएको बालसखा डा. विश्व दवाडीले जानकारी दिएका छन् । ‘हिजोदेखि अवस्था गम्भीर भएकाले भेन्टिलेटरमा राखी उपचार भइरहेको छ,’ उनले भने,’ उनलाई इक्मो थेरापीबाट उपचार गर्ने तयारी भइरहेको छ ।’
उनलाई रगतबाट अक्सिजनबाट दिन लागिएको छ । ग्रान्डीबाट बिहानै मेडीसीटी अस्पताल लगिएको डा. दवाडीले जानकारी दिए । इक्मो थेरापी नेपालको मेडीसीटी अस्पतालमा मात्र उपचार हुने गरेको छ ।
केही दिन अघिदेखि उनलाई हाइफ्लो अक्सिजनमा राखिएको थियो । अक्सिजन दिँदा पनि कामा गरेको छैन । उनलाई १४ दिन अघि कोभिड-१९ संक्रमण देखिएको थियो । दवाडीका अनुसार उनलाई दीर्घ रोग छैन । करिब ४५ वर्षका थापा सहजै हिँडडुल गरिरहेक थिए । उनलाई दीर्घ रोग केही नभएको उनको भनाइ छ ।
प्रतिक्रिया