बहराइनका राजकुमार शेख मोहम्मद हमद मोहम्मद अल–खलिफाले प्रयास नेपाल होमका बच्चाहरूलाई सहयोग गरेका छन । उनको टोलीले मे ११ तारिक विहान ६–४५ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर काठमाडौं फर्केपछि सहयोग गरेका हुन्। कोरोना महामारीको वृद्धिका कारण स्थानीय समुदायहरू आर्थिक र भावनात्मक रूपमा प्रभावित भएका छन्। गैर्हिधारा अवस्थित प्रायस नेपाल होम एक गैरनाफामुलक संस्था हो जसले ३० जना बच्चाहरूको हेरचाह गरिरहेका छन्। अलोफ्ट काठमाडौं ठमेलले प्रयास नेपाल चिल्ड्रेन होमलाइ स्थापनाकालदेखिनै नै सहयोग गर्दै आएको छ। संस्थाका बच्चाहरू कोभिड–१९ बाट प्रभावित थिए र पोजिटिभ परीक्षण संक्रमणपछि पछि निको भएका थिए।
एलोफ्ट होटेलले सक्रिय रूपमा उनीहरूलाई सहयोग गररिरहेका छन् र उनीहरूको जीवन शान्तिमय र सजिलो होस् भनेर सहयोग प्रदान गरिरहेका छन्। उनीहरूलाई सहयोग पुर्या्उन अलोप्ट होटेल, राजकुमार खलिफा सहित बहराइन रोयल गार्ड्स र सेभेन समिट ट्रेक्सले संस्थालाई चामल, दाल, कपि, कलम, सेनिटाइजर, साबुन, मास्क र अन्य सामाग्रीहरु प्रदान गरेर सहयोग गरेका छन्। एलोफ्ट होटेलका महाप्रबन्धक विक्रम सिंहले भने,’ हामी माउन्ट एभरेष्टको सफल शिखर आरोहण पछि एलोफ्ट होटेलमा बास वसेका बहराइन राजकुमार र शाही रक्षकहरूलाई धन्यवाद दिन चाहन्छौं।’ उनीहरूको ट्रिप संचालक अग्रणी आरोहि कम्पनि सेभेन समिट ट्रेकसहितको यो सहयोगले प्रयास नेपाललाई यो महामारीसंग लड्न थए मद्दत पुग्ने छ भन्ने आशा महाप्रबन्धक सिंहले व्यक्त गरेका छन्।
राजकुमार खालिफाले भने, “सेभेन समिट नेपालको सहकार्यमा अल्फट होटलसँग समन्वय गरेर प्रयास नेपालका बच्चाहरूलाई सहयोग गर्न पाएकोमा खुशि व्यक्त गरेका थिए। प्रयास नेपालका बच्चाहरूलाई यस कठिन समयमा सहयोग गर्न पाउनु ठूलो अवसर हो।” नेपालीहरू आश्चर्यजनक र अति दयालु छन् त्यसैले उनीहरूलाई यस कठिन समयमा मद्दत गर्न पाउदा निकै खुसी महशुस भएको राजकुमारले बताए। मे ११ को बिहान नेपाल समय अनुसार ६–४५ बजे बहराइनि राजकुमार अल खलिफा सहित रोयल गार्डले विश्वको अग्लो सागरमाथा (माउन्ट एभरेष्ट) सफलतापूर्वक आरोहण गरेका थिए। राजकुमार खलिफा र उनको टीम यो सिजनको सगरमाथाको नयाँ उचाइ ८८४८.४८ मापन गरे पश्चात आरोहण गर्ने पहिलो अन्तर्राष्ट्रिय टोली हो। समग्रमा कोभिड–१९ को यो मौसममा आरोहण गर्ने उनीहरु दोस्रो टोली हो। बहराइनका राजकुमार शेख मोहम्मद हमद मोहम्मद अल–खलिफका १६ जनाको टोलीको नेतृत्व गरेरा चैत २ मा सगरमाथा आरोहणको लागि काठमाडौं आएका थिए।
प्रतिक्रिया