९७ वर्ष पुरानो विद्यालयमा प्रधानमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि प्राप्तिको राष्ट्रिय अभियान सफल पार्न सरकार हर क्षेत्रबाट लागि परेको बताउनु भएको छ ।

देशको पुराना विद्यालयहरु मध्ये पर्ने ललितपुरको पाटन माध्यमिक विद्यालयको नवनिर्मित भवनको सोमबार उद्घाटन गर्दै यस्तो धारणा राख्नुभएको हो । सम्बोधनका क्रममा प्रधानमन्त्रीले ९७ वर्षअघि अर्थात् देशमा प्रवेशिका परीक्षा बोर्ड बन्नुभन्दा अघि स्थापित विद्यालयले नयाँ भवन पाउँदा गुणस्तरीय शिक्षा दिन सकिने अर्को एक अवसर प्राप्त भएको समेत बताउनुभयो । विद्यालयको स्थापना १९८१ मा तत्कालिन प्रधानमन्त्री चन्द्र शमशेरले गरेका थिए ।

पाटन मावि देशमा धेरै पुस्ता, प्रणाली र शासनहबीच पुलको काम गर्ने पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । विद्यालय स्थापना तत्कालिन श्री ३ चन्द्र शमशेरमा रहेको धेरै खालका काम गर्ने प्रवृत्तिको परिणाम समेत भएको धारणा पनि उहाँको थियो ।

हाम्रा बालबालिकालाई गुणस्तरीय शिक्षा दिन सक्छौं त्यसैले सम्बद्ध सबै बधाईका पात्र छन् । प्रधानमन्त्रीले भवनका लागि ऋण सहयोग उपलब्ध गराएकोमा जापान सरकारलाई धन्यवाद ज्ञापन समेत गर्नुभएको थियो । ‘हामी समृद्धी प्राप्तीको लक्ष्य प्राप्तिका लागि हरेक क्षेत्रबाट प्रयासअघि बढाइ रहेका छौं, त्यसका प्रमुख पक्ष मध्ये शिक्षा मध्ये एक हो’ , उहाँले भन्नुभयो ।

करिब १८ करोडको लागतमा बनेको नयाँ विद्यालय भवनमा तीन वटा ब्लक अन्तर्गत २७ कक्षा कोठा र एउटा प्रयोगशाला समेत रहेका छन् । साथै तत्कालिन प्रधानमन्त्री जुद्ध शम्सेर पालामा बनेको एक सभा हलको प्रवलीकरण समेत यसै अवसरमा गरिएको छ । २०७२ सालको भूकम्पपछि जापान सरकारले पुननिर्माणका लागि जिम्मा लिएको कुल २ सय ७४ वटा विद्यालयमध्ये पाटन मावि सहित २ सय १८ वटाको निर्माण पुरा गरिसकेको छ ।