प्रधानमन्त्री केपी शर्मा ओलीले खुला अन्तर्राष्ट्रिय सीमामा कुनै न कुनै रूपको निगरानी गर्नुपर्ने बताउनु भएको छ ।
मंगलबार राजधानीको शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सम्पन्न छैठौं राष्ट्रिय सुरक्षासम्बन्धी विशिष्ट तालिमको समापन समारोहलाई सम्बोधन गदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।
खुल्ला सीमाबाट प्रवेश गर्ने हर कोहीले प्रमाणित परिचयपत्र देखाउनुपर्ने व्यवस्था गरिनुपर्ने धारणा पनि प्रधानमन्त्रीको थियो । ‘विमानस्थलमा परिचयपत्र देखाउनुपर्ने, गाडीबाट आउँदा जाँदा नपर्ने ? किन परिचयपत्र बोकेर किन हिँडन सक्दैन मान्छे ?’, उहाँको प्रश्न थियो ।
हाम्रो सुरक्षालाई ध्यान दिने हो भने देशभित्र कुन देशको मान्छे के भनेर कहिलेदेखि कति समयका लागि आएको छ भन्ने थाहा हुनुपर्ने बताउँदै प्रधानमन्त्रीले भन्नुभयो ‘म्यानमारका रोहिंग्या शरणार्थी कसरी आउँछन् यहाँ ? हाम्रो सीमा भारतसँग पो खुल्ला हो म्यानमारसँग हो र ? विगतमा भुटानसँग थियो र ?, । यसमा कसैले के भन्छ की भन्नु नपर्ने भनाई पनि प्रधानमन्त्रीको थियो । ‘भारतसँग पो खुल्ला सीमा हो त । बर्मासँग हो र ? विगतमा भुटानसँग थियो र ?’, प्रधानमन्त्रीले थप्नुभयो ।
राष्ट्रिय सुरक्षा देशलाई नयाँ खालका सुरक्षा चुनौतिबाट जोगाउन देशभित्र सामाजिक सद्भाव कायम राख्दै बाह्य द्वन्द्वका बाछिटाहरु नभित्रिउन् भन्नेमा सतर्क हुनुपर्ने विचार पनि प्रधानमन्त्रीको थियो ।
हाम्रा निम्ति आन्तरिक सुरक्षामा सबै भन्दा ठूलो खतरा साम्प्रदायिकता भएको बताउँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘एक पटक समाजमा आगो लागेपछि कसैले फुकि रहनु पर्दै आफैँ डडेलो लगाउँदै जान्छ । त्यसकारण जहाँ दन्द फैलियो नभएको मत मतान्तर र द्वन्द्व बढनसक्छ’ ।
देशमा क्रान्ति र पविर्तनको नाममा उत्पात मच्चाएको उल्लेख गर्दे प्रधानमन्त्रीले भन्नुभयो, १७ हजार मानिस त मारिए भने कति सग्ला अपांग कति विधवा र बेसाहारा टुहुरा भए होलान् ? मान्छेहरु गाउँमा बस्न नसकेर शहर आए र काठमाडौं आएपछि पनि लखटने काम भएपछि विदेश जाने लहर सुरु भयो । अहिले हाम्रो युवाहरुको १५ प्रतिशत देश बाहिर छ ।’
द्न्द सकिए पनि अर्को दश त्यसको असरको अवधि रहेको र ५० वर्षे सम्म त्यसका अवषेश रहिरहने धारणा प्रधानमन्त्रीको थियो ‘तर त्यसको सबै भन्दा खतरनाक पक्ष भनेको मुलुकमा आन्तरिक फाटो सृजना गर्नु रहेको थियो’ । कुनै संस्थालाई ध्वस्त पार्न त्यहाँ भित्र आन्तरिक वैमनस्य सृजना गर्नुपर्छ भनिने गरेको तर्फ औंल्याउँदै उहाँले पार्टीहरु भित्र पनि आन्तरिक द्वन्द्वको स्थित देखिनु राम्रो नभएको समेत बताउनुभयो । जातीय राज्यका नाममा थुपै सलाईका काँटीहरु झोसिए तर हामीले तत्काल घाँसपात समेत उखेल्ने गरी दमकम प्रयोग ग¥यौ’ं ।
अब नेपालबाट हिंसाको राजनीति अन्त्य गरिएको र हिंसामा प्रवेश गरेको देशबाट अन्तिम किस्तामा हिंसात्मक गतिविधि समाप्त पारिएको पनि उहाँले बताउनुभयो ।
‘हाम्रो देशको यथार्थ विविधता हो, आवश्यकता एकता हो । विविधता सुन्दरता हो र एकता बल हो’ , प्रधानमन्त्रीको भनाई थियो ।
मानिसका अहं तुष्टीका प्रयासबाट शान्तिसम्बन्धी समस्या सुरु हुने पनि प्रधानमन्त्रीले बताउनुभयो । ‘त्रेता र द्वापर युगमा समेत देखिएका त्यस्ता समस्या अहिले झन खतनाक ढंगले अघि बढेको देखिन्छ’, उहाँको भनाई थियो । अहिले देशले लामो समय देखि रहेका हिंसात्मक राजनीतिक अभ्यास पृथकतावादी अभियानको अन्त्य गरे पनि नयाँ नयाँ चुनौति उत्पन हुनसक्ने खतरातर्फ सचेत रहनु पर्ने बताउनुभयो ।
प्रतिक्रिया