‘अब विपद्जन्य क्षति मुक्त नेपाल’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रधानमन्त्रीबाट विपद् जोखिम न्यूनिकण तथा व्यवस्थापन राष्टिय परिषदको पाँचौ बैठकलाई सम्बोधन

अब विपद्जन्य क्षति मुक्त नेपाल

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई अब प्राकृतिक विपद्जन्य क्षति मुक्त देश बनाइनु पर्ने बताउनु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार सम्पन्न विपद् जोखिम न्यूनिकण तथा व्यवस्थापन राष्टिय परिषदको पाँचौ बैठकलाई सम्बोधन गर्दै प्रधानन्त्री ओलीले प्राकृतिक विपत्ति आइ लागेपछि मात्र राहत र उद्धारका लागि जुटने प्रवृत्ति छोड्नु पर्ने धारणा उहाँको थियो ।

हामीले अब प्राकृतिक प्रकोपको रोकथाम र सुरक्षातर्फ जानुपर्छ नत्र ……पुनर्दरिद्रः पुनरेव पापी ।। भनेजस्तो विपद्को चक्र चलिहने र हामी सँधै उद्धार, राहत र पुननिर्माणका लागि जुटनुपर्ने हुन्छ, प्रधानमन्त्रीको भनाई थियो । विपत्ति आए पनि धनजनको क्षति नहुने गरी प्राकृतिक स्रोत्को उपयोग र संरचना निर्माण गरिनुपर्ने धारणा उहाँको थियो ।

यतिबेला डडेलो सर्वाधिक चिन्ताको विषय भएको बताउँदै प्रधानमन्त्रीले यति धेरै ठाउँमा यसरी डडेलो लाग्नु भनेको प्राकृतिक मात्र नभइ मानवीय कारण समेत रहेको बताउनुभयो । कतिपय स्थानमा केटाकेटीले खेल्ने क्रममा समेत आगो लगाउने गरेको पाइएको उल्लेख गर्दै प्रधानमन्त्रीले आगलागी जस्तै बाढी पैरोको प्रकोप आउने समयमा जनताबीच सचेतना अभियान लैजानुपर्ने बताउनुभयो । बाढीको मौसम छ भने बाढी सम्बन्धी सचतना अभियान, आँधी हुरीसम्बन्धी समयमा त्यसै सम्बन्धी अभियान जस्ता कुरा चलाउनु जरुरी छ, प्रधानमन्त्रीको भनाई थियो । त्यस्ता बेला विपद निवारणका लागि खडा गरिएका निकायहरु बढी सक्रिय हुनुपर्ने पनि उहाँले बताउनुभयो ।

सुख्यायाममा ठूलो विपद बन्ने गरेको आगलागीको समस्याबाट पार पाउन फुसका घर र छाना पूर्णरुपमा विस्थापित गरिनुपर्ने भनाई पनि उहाँको थियो । तराईमा छाना मात्र होइन पुरै घर फुसका छन्, तरकारी ओरिइँदा उत्पन्न झिल्काले पनि आगलागी गराउने अवस्था रहेको छ,’ उहाँको भनाई थियो । यसैलाई ध्यानमा राखेर सरकारले फुसका छानालाई टिनले प्रतिस्थापन गर्ने नीति लिएको पनि प्रधानमन्त्रीले बताउनुभयो ।

अहिलेको जस्तो डढेलो नियन्त्रण गर्न सम्भव भएका स्थानमा पानीको आपुर्ति गर्ने वा आफूले अघिल्लो कार्यकाल देखिनै भन्दै आएको हरेक पालिकामा एक पोखरी र एक हेलिप्याडलाई कार्यान्वयन तर्फ लाग्न सकिने धारणा पनि प्रधानमन्त्रीको थियो । आगलागीका बेला हवाई फायर फाइटर प्रयोग गर्न त्यस्ता पोखरीले मद्दत गर्ने बताउनुभयो ।

नदीजन्य प्रकोप नियन्त्रणका लागि कम्तिमा १० वर्र्षे योजना बनाएर नदि नियन्त्रण र तिनका प्राकृतिक वहावलाई कायम राख्ने गरी पुल कल्र्भट जस्ता संरचना निर्माण गरिनुपर्ने विचार पनि प्रधानमन्त्रीको थियो । त्यसको गर्दा नदीमा अधिकतम् पानी आउँदा पनि स्वाभाविक बहाव हुने व्यवस्था मिलाइनु पर्ने पनि उहाँले बताउनुभयो । भारतीय पक्षसँग कुरा गरी त्यताको नदिनिन्त्रणले नेपाली भूभाग डुबानमा पर्ने समस्या धेरै हदसम्म न्यून गरिएको पनि प्रधानमन्त्रीले बताउनुभयो ।