प्रधानमन्त्रीज्यूबाट रणनीतिक सडकहरुको निर्माण कार्य शुभारम्भ : तस्बिर सहित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रधानमन्त्री केपी शर्मा ओलीले आज एकै दिन देशका सबै सय ६५ निर्वाचन क्षेत्रमा रणनीतिक महत्वका सडक निर्माणको शुभारम्भ गर्नुभएको आगामी तीन वर्ष भित्र सम्पन्न हुने यो योजना नेपालमा सडकसञ्जाल निर्माणको कोसेढुंगा हुनेछ

शुभारम्भ पछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सबै निर्वाचन क्षेत्रमा तीन वर्ष भित्र सडक सञ्जाल पुर्याउने कार्य पुर्वाधार विकासको क्षेत्रकै महत्वपूर्ण कार्यक्रम भएको बताउनुभयो निर्धारित समय भित्रै निर्माणसम्पन्न हुने गरी कार्य गर्न पनि प्रधानमन्त्रीले सम्बद्ध निकायलाई निर्देशन दिनुभयो

योजना अन्तर्गत देशभर गरी कुल दुइ हजार दुई सय १० किलो मिटर सडक निर्माण हुनेछ। सम्बोधनका क्रममा प्रधानमन्त्रीले एक सय ६५ वटै सडकहहरु गुणस्तरमा सम्झौता नगरी सम्पन्न गर्नुपर्ने बताउनुभयो यसको रेखदेख गरौं, काममा डिस्टर्ब नगरौ, उहाँले सम्बद्ध निकायलाई निर्देशन दिनुभयो

यसका साथै प्रधानमन्त्री आफ्नो नेतृत्वमा सरकार गठन भएदेखि (२०७४ फागुनदेखि २०७७ फागुनेसम्ममा देशभर कालोपत्र स्तरोन्नति गरी तीन हजार ५१२ किलोमिटर सडक निर्माण भएको जानकारी समेत दिनुभयो उहाँका अनुसार सय २८ वटा पुल (झोलुङ्गेबाहेक) निर्माण भएका छन्

कार्यक्रममा यातायात तथा भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्बाङले तीन वर्षमा तीन हजार सय १२ किलोमिटर लेनका सडक निर्माण भइरहेको जानकारी दिनुभयो यस्तै तीन हजार ३०० किलोमिटर ग्राभेल सडक, एक हजार सय ८६ किलोमिटर नयाँ ट्र्याकका सडक पनि निर्माणका क्रममा रहेको उहाँले जानकारी गराउनुभयो

कस्ता सडक छानिए

आर्थिक सामाजिक विकास, कृषि तथा औद्योगिक विकासमा टेवा दिने

राष्ट्रिय राजमार्गमा जोडिएर सडक सञ्जालको क्षमता वृद्धि गर्ने

अन्तर्राष्ट्रिय सिमानासँग जोडिएका सडक

उत्तर दक्षिण सडक सञ्जालसँग जोडिने

जिल्लाको एक निर्वाचन क्षेत्रलाई अर्को निर्वाचन क्षेत्रमा जोड्ने

निर्वाचन क्षेत्रबाट सदरमुकाम जोड्ने

छनौटको आधार

स्थानीय प्रदेश सरकारका योजनासँग जोडिनु नहुने

विस्तृत अध्ययन प्रतिवेदनडिपिआर) वातावरणीय प्रभाव मुल्यांकन भएको

अधुरो नरही तीन वर्ष भित्रै पूरा हुने सडक

न्यून वातावरणीय सामाजिक प्रभावहुने सडक

नेपाल सरकारले अधिकरण आदिका कारण थप आर्थिक भार नपर्ने

तस्बिर : राजन काफ्ले