मौसममा हाल देखिएको प्रतिकुलताको असर जनस्वास्थमा समेत पर्ने सक्ने भएपछि सरकारले केही दिन विद्यालय बन्द गर्ने भएको छ ।
यसबारे जानकारी दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले वायु प्रदूषणबाट बालबालिकालाई बचाउन केही दिन विद्यालय बन्द गर्ने विषयमा छलफल भइरहेको बताउनुभयो । चिनिया सरकारबाट प्राप्त खोप हस्तान्तरण कार्यक्रम बोल्दै प्रधानमन्त्रीले बालबालिकाको स्वास्थ्यमा वायु प्रदूषणको प्रतिकुल प्रभाव पर्न नदिन छिट्टै यसबारे निर्णय हुने बताउनुभयो । सरकार जीवन पहिलो भन्ने मान्यताबाट निर्देशित हुँदै अघि बढेकोले बालबालिकाको स्वास्थ्यलाई सर्वाधिक महत्व दिइएको पनि उहाँले बताउनुभयो ।
प्रतिक्रिया