नेपाल पत्रकार संघमा कलह
………….बबर महलमा (२०१३ चैत १५ ) नेपाल पत्रकार संघको यस बैठकले पत्रकारको एकतामा भिन्नता आयो । नेपाली पत्रकारहरु दुई गुटमा विभाजित भए ।
यसमध्ये एक गुटबाट नेपाल पत्रकार संघका अध्यक्ष श्री गोपालदास श्रेष्ठ सेक्रेटरी श्री रामसिंह सह सक्रेटरी श्री माणिकलाल संगठन मन्त्री श्री दाताराम र कोषाध्यक्ष श्री अनंग केशरी हुनुहुन्छ भन्ने प्रकाशमा ल्याई अध्यक्ष श्री गोपालदास श्रेष्ठबाट नेपाल पत्रकार संघका केही सदस्यहरुद्वारा गोरखा परिषदका महामन्त्री भरत शम्शेरको चालबाजीमा साथ दिएर संघको मर्यादा, एकता एवं प्रजातान्त्रिक उद्देश्यमा नै आघात पुर्याउने कुप्रयास गरिएको हुनाले साथै संघको अनुशासन पालन नगरेको हुँदा श्री भरत शम्शेर श्री कृष्णप्रसाद उपाध्याय, श्री मणिराज उपाध्याय , श्री फत्तेबहादुर सिंह, श्री उदयराज शास्त्रीलाई मैले अध्यक्षको हैसियतमा निष्काशित गरेको छु भन्ने २०१३ चैत १७ मा प्रकाशमा आयो ।
यसपछि श्री गोपालदास श्रेष्ठको सभापतित्वमा श्री फत्तेबहादुर सिंहको निवासस्थानमा हालखबर, समाज, नेपाल भाषा पत्रिका, नेपाल समाचार, दियालो, कमनर, नेपाल टाइम्स सही सन्देश, नेपाल पुकार , राष्ट्रवाणी, मशाल, संयुक्त प्रयास, कर्मवीर, जनचेतना समेत १४ पत्रपत्रिकाको बैठक बस्यो । यसबैठकले चैत १५ गते पछि एकले अर्को पक्षलाई दिएको दोषहरु र एकता विरोधी वक्तव्य प्रस्तावहरु सबै वापस लिँदै नेपाल टाइम्स पत्रिकाको तर्फबाट एकजना नेपाली नागरिक प्रतिनिधिले नेपाल पत्रकार संघमा प्रतिनिधित्व गराउने निर्णय गर्यो । ………..
स्रोत् : नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास, गृष्मबहादुर देवकोटा २०२४
प्रतिक्रिया