प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टी भित्र समानान्तर गतिविधि कुनै पनि हिसाबले स्वीकार्य नहुने बताउनु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार सम्पन्न दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘हाम्रा दलका सदस्यहरु कृपया यस्ता खालका गतिविधिमा, अनुशासनहीन गतिविधिमा, शोभनीय हुँदैन त्यसकारण संलग्न हुँदै नहोऔं, हुँदैन, मेरो आग्रह छ, उहाँले भन्नुभयो ।
आफूलाई ‘पार्टीको साधारण सदस्यबाट समेत हटाइएको’ अवस्थामा समेत सम्पुर्ण पार्टी एक बनाउन लागि परेको भनाई पनि प्रधानमन्त्रीको थियो । ‘म त सहनशीलताका साथ, फराकिलो मनका साथ सबै साथीहरुलाई अंकमाल गर्न तयार छु ।, उहाँले भन्नुभयो ।
अघिल्ला संसदीय दलको बैठकमा नआएका कतिपय सांसद आएको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यो स्वागतयोग्य भएको समेत बताउनुभयो । ‘तर अब हामीले त्यो पुरानो शैली छोडौं, एकताबद्ध भएर जाउँ । यसक्रममा विगतका तिक्त कुरालाई आफूले छोडन चाहेको भनाई पनि प्रधानमन्त्रीको थियो । ‘हिजो गाली गलौज र बेठीक काम कारबाही भए होला । अध्यक्षलाई कारबाही गरेको सडकको कुनै गतिविधिको कुरा पनि छोडिदिउँ तर २३ गते यताको हिसाब गर्नुपर्र्ने हुन्छ ।
विगतमा जे भए पनि अबदेखि एकताबद्ध भएर जान आग्रह गर्दै प्रधानमन्त्रीले केन्द्रीय कमिटिको दशौं, एघारौं र बाह्रौं बैठक आधिकारिक बैठक कसैको आग्रहमा रद्द नहुने बताउनु भयो । ‘एउटा कुरा के थाहा पाउनु प¥यो साथीहरुले भने अध्यक्षबाट हटाइएको कुरा एउटा भ्रम रहेछ’ , उहाँले थप्नुभयो ।
प्रधानमन्त्रीले पुर्वमाओवादी नेताहरुलाई केन्द्रीय सदस्य थपिएको कुरा विधानसम्मत भएको प्रष्ट पार्नुभयो । ’कठिनाईका बेला एकताको पक्षमा उभिएका नेताहरुलाई व्यवस्थापन गर्न विधान संशोधन गरिएको हो, यो परिवर्तन हँुँदैन, नो व्याक गियर’, प्रधानमन्त्रीको प्रष्टोक्ति थियो ।
पार्टीको केन्द्रीय कमिटिले चार जना नेताहरुलाई स्पष्टीकरण सोधेको प्रशंग निकाल्दै प्रधानमन्त्रीले अहिलेसम्म दुई जना नेताले दिएको स्पष्टीकरण कारबाही योग्य विषय भएको पनि बताउनुभयो ।
अब सांसदहरुले मन्त्रीहरुसँग अन्तक्र्रिया गर्दै बजेटमा राख्ने कुराबारे भूमिका खेल्नसमेत प्रधानमन्त्रीले आग्रह गर्नुभयो ।
बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आगामी बजेटका लागि नयाँ योजनाको साटो पुराना योजनालाई सपन्न गर्नतर्फ ध्यान दिएर कार्यक्रमको तयारी गर्न सांसदहरुलाई सुझाउनुभयो ।
बैठकमा पार्टी नेता झलनाथ खनालले नयाँ परिस्थितिमा पार्टीलाई एकता बद्धबनाएर लैजानु पर्ने बताउनुभयो । अर्का पार्टी नेता घनश्याम भूषालले पार्टीको एकतालाई गम्भिरता पुर्वक लिन आग्रह गर्नुभयो ।
पार्टी नेता योगेश भट्टराईले फागुन २३ गते अगाडीको तिक्ततातिर नजाने कुरा सम्मानयोग्य भएको बताउँदै पार्टीको वृहत्तर एकताका लागि लागी पर्न आग्रह गर्नुभयो । ‘यो पार्टी तपाईहरु जस्ता अग्रज नेताहरु र हामी सबैको प्रयत्नबाट यहाँसम्म आएको हो, त्यसो हुँदा एक पटक फेरि पनि बृहत्तर ढंगले ऐतिहासिक जिम्मेवारी भन्नुस् वा दायित्व भन्नुस्, यहाँको हातमा छ’।
अर्का पार्टी नेता गोकर्ण विष्टले हालको तित्तता हटाउन र पार्टीलाई एकताबछ बनाउने जिम्मेवारी प्रधानमन्त्री र पार्टी अध्यक्षज्यु मै रहेको बताउनुभयो ।
प्रतिक्रिया