भिडभाड नहुनेगरी कक्षा चलाऊ : शिक्षा मन्त्रालय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शिक्षा मन्त्रालयले विद्यालयहरुलाई दैनिक पठन पाठन सञ्चालन गर्दा भीडभाड नहुनेगरी सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । कोभिड १९ को दोस्रो तरंग फैलिने संभावना बढेपछि मन्त्रालयले निर्देशन दिएको हो ।

यसका साथै मन्त्रालयले विद्यालय सञ्चालन सम्वन्धी कार्यढाँचा, २०७७ को पूर्ण रूपमा अनुशरण गरेर मात्र विद्यालय चलाउन समेत विद्यालयहरुलाई निर्देशन दिएको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठज्यूको अध्यक्षतामा बिहीबार वसेको मन्त्रालयको बैठकले हालको अवस्थामा शिक्षक तथा विद्यार्थीको स्वास्थ्य र शिक्षण संस्थाकाकृयाकलापमा पर्न सक्ने प्रतिकूल असरका विषयमा समीक्षा गरेको मन्त्रालयका प्रवक्ता दीपक शर्माबाट जारी प्रेस विज्ञप्तिमा उल्लेख छ

।सबै प्रकारका शिक्षण संस्थाहरूले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तय गरेका जनस्वास्थ्य र सुरक्षा सम्वन्धी मापदण्डका साथै प्रदेश सरकार र स्थानीय तहवाट स्थान विशेषमा तय गरिएका थप मापदण्डहरूको पूर्ण रूपमा पालन गर्न समेत मन्त्रालयले अपिल गरेको छ ।

‘शिक्षण संस्थाहरूमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने, सावुन पानिले हात धुने, ज्वरो नाप्ने र कसैमा संक्रमणको लक्षण पाइएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने व्यवस्थालाई प्रभावकारी वनाउनु हुन अनुरोध गरिन्छ’, मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
यसका साथै शिक्षण संस्थाहरूमा सभा, समारोह, वार्षिक उत्सव जस्ता भीडभाड हुने प्रकृतिका कार्यक्रमहरूको आयोजना नगर्न नगराउन समेत मन्त्रालय मन्त्रालयले आग्रह गरेको छ ।