नेकपा एमाले संसदीय बोर्डले पार्टी नेता गुटगत गतिविधिको अगुवाई गर्ने नेताहरुलाई स्पष्टीकरण सोध्ने भएको छ ।
प्रधानमन्त्री एवं दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा शनिबार बसेको उक्त बैठकले यो निर्णय गरेको हो । बैठकले विधानमा आवश्यक शंशोधनकाम प्रस्तावसमेत पारित गरेको छ । उक्त शंशोधन पार्टीको केन्द्रीय कमिटिले पारित गरेपछि लागू हुने छ ।
कार्यक्रममा पार्टी नेता वामदेव गौतमले आफू अझै पनि पार्टी एकताको पक्षमा रहेको बताउनुभयो । सर्वोच्च अदालतले साविकको नेकपा एमाले कायम रहने फैसला गरेर धेरै ठूलो समस्या समाधान गरेको बताउँदै उहाँले आफूलाई त्यसले खुसी तुल्याएको भनाई पनि उहाँको थियो ।
बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीले कुनै पनि गृुटलाई मान्यता नदिने स्पष्ट पार्नु भयो । ‘संसदमा हामी सबै व्यक्तिगत रूपमा सूर्य चिन्हबाट जितेर आएका हौं त्यसैले यहाँ कोही सूर्य कोही चन्द्र हुँदैन’, उहाँको भनाई थियो । संसदीय दलभित्र सांसदले राख्ने मतलाई सुनिने तर गुट वा समूहलाई मान्यता नदिइने भनाई पनि प्रधानमन्त्री ओलीको थियो ।
कृष्णभक्त पोखरेल संस्थापनतर्फ
बैठकमा यस अघि माधव नेपाल समूहमा रहँदै आउनु भएका चितवनका सांसद कृष्णभक्त पोखरेलले आफू केपी शर्मा ओलीले नेतृत्व गर्नुभएको पार्टीकै सदस्य भएको बताउनु भएको छ।
प्रतिक्रिया