मिथुन कुवँरको दसैंको लिंगे पिंङ सम्बन्धी फोटो यस वर्षकोे सर्वोत्उत्कृष्ट पर्व फोटो बन्न पुगेको छ । चाडपर्वको समयमा बिगतका दिनहरुमा जस्तो आत्मियहरुसँग समय बिताउन नपाएको क्षणमा पनि केही सकारात्मकता र केही सृजनशीलता समृश्रण गराई चाडपर्वको रौनक अनूभुत गराउने उद्देश्यका साथ नेपाल पर्यटन बोर्डल आयोजना गरेको फोटो प्रतियोगिताबाट उत्कृष्ट पाँच सहभागी छनोट गरिएकोे छ ।
प्रतियोगितामा नेपालको कुनै पनि चाड वा गतिविधि वा केही पनि सान्दर्भिक तस्बिरहरु बोर्डको फोटो अभियानको साइट मार्फत पठाउन आह्वान गरिएको थियो । कूल प्राप्त ६८७ फोटोहरु मध्येबाट मिथुन कुवँर, अमन शाही, उमेश स्थापित, रोबिक उपाध्याय र शाम्दे शेर्पाले खिचेका फोटोहरुलाई नेपाल पर्यटन बोर्डले उत्कृष्ट पाँचमा छनोट गरेको छ । विजेता फोटोग्राफरहरुले जनही दश हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

बोर्डका कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मीले ‘फोटोग्राफरहरुको उत्साहजनक सहभागिताले नेपाली चाडपर्वको विराटतालाई अनुभूत गराई फोटो मार्फत देशको पर्यटन प्रवद्र्धन गर्ने साझा अभियानलाई अझ बृहत बनाएको बताउनुभयो । नेपाल पर्यटन बोर्डले पाँच वर्षअघि देखि फोटोको माध्यमबाट देशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ नियमित ह्यास फोटोनेपाल फोटो प्रदर्शनी गर्दै आएको थियो । फोटो नेपाल फेब्रुअरी २०१६ मा टोनी हेगनको फोटो प्रदर्शनीसँगै सुरु भएको थियो ।

बोर्डको यो प्रयासले नियमित अभियानको रुप लिँदा देश चिनाउने फोटो प्रदर्शनी पाँच वर्षदेखि विभिन्न स्थानहरुमा र अनलाइन रुपमा भइरहेको छ । यस अभियानलाई अझ ब्यापक बनाउन फोटोनेपाल डट ट्राभल सुरु गरिएको हो । हाल यसमा ११ हजार बढी सदस्यहरुका २५ हजार फोटोहरु संग्रहित छन् । इच्छुक कोहीले सोसियल एकाउन्टबाट रजिष्टर हुन सक्नेछन् । उत्कृष्ट फोटोहरु चयन सम्बन्धमा जानकारी लिङ्क मा रहेको छ ।


प्रतिक्रिया