काठमाडौँ – युनियन अफ युरोपीयन फुटबल यसोसियसन (युईएफए) ले आयोजना गर्ने युरोपका क्लबहरुको महासङ्ग्राम युरोपीयन च्यम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेग आजबाट सुरु हुँदैछ । जस अन्तर्गत दुई खेलहरु हुँदै छन् । यी दुबै खेल नेपाली समय अनुसर रातीको पौने दुई बजे सुरु हुनेछ
दोश्रो लेगको पहिलो खेलमा आज ईटालियन जायन्ट्स युभेन्टसले पोर्चुगीज लिग विजेता पोर्टो एफसीसँग सामना गर्दै छ । युभेन्टसको घरेलु मैदान अलियन्ज स्टेडियममा हुने खेलमा युभेन्टसका लागि जित्नै पर्ने दबाव हुनेछ ।
यसअघि पोर्टोको घरेलु मैदानमा भएको पहिलो लेगमा युभेन्टस २-१ गोल अन्तरले पराजित हुन पुगेको थियो । युभेन्टसलाई अन्तिम आठमा पुग्न कम्तीमा पनि १-० गोल अन्तरको नतिजा आवश्यक पर्छ । तर, युभेन्टसलाई घरेलु मैदान र अवे गोलको एड्भान्टेज भने पक्कै मिल्ने छ । जसले गर्दा समग्रमा २-२ गोलको बराबारीले पनि अवे गोलको आधारमा युभेन्टसको क्वाटरफाइनल यात्रा तय हुने छ । त्यस्तै पोर्टोलाई भने बाराबारी खेलले मात्रै पनि अन्तिम आठमा स्थान सुरक्षित गर्न मौका मिल्ने छ ।
यो खेललाई लिएर धेरैको नजर पोर्चुगीज स्टार कृस्टियानो रोनाल्डोमाथि हुने छ । किनभने रोनाल्डोले यस्तो स्थितिबाट आफ्नो टिमलाइ कयौं पाटक पार लगाइसकेका छन् । उनले पहिले पनि डुब्न लागेको डुङ्गालाइ सुरक्षित गन्तव्यमा पुर्याइसकेका छन् ।
त्यस्तै आजै राती नै हुने अर्को खेलमा जर्मनीको क्लब बोरोसिया डर्टमण्डले स्पेनीस क्लब सेभियासँग प्रतिस्पर्धा गर्दैछ । यो खेल डर्टमण्डको घरेलु मैदान सिङ्गल इडुना पार्कमा हुनेछ ।
यसअघि सेभियाको मैदानमा भएको खेलमा पाहुन टोली डर्टमण्डले आयोजक टोली सेभियालाई ३-२ गोलले स्तब्ध पारेको थियो । आज हुने खेलमा पनि डर्टमन्ड विजयी यात्रालाइ कायम राख्दै अन्तिम आठमा प्रवेश गर्ने दाउमा हुने छ । त्यस्तै सेभिया भने घरेलु मैदानमा भएको हारको बदला लिने लक्ष्यसहित मैदान उत्रने छ ।
डर्टमण्डलाई जित्न यही नतिजा नै काफी हुने छ तर सेभियालाई अन्तिम आठमा पुग्न कम्तीमा पनि २-० को नतिजा आवश्यक पर्नेछ । यस्तोमा सेभियालाइ त्यति सजिलो भने पक्कै हुने छैन ।
प्रतिक्रिया