उहाँहरुलाई सोध्न नपरोस् तपाईहरु कुन पार्टीको भनेर ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ः प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभाको बैठक अवरुद्ध गरिँदा एसिड आक्रमण विरुद्धको अध्यादेश पारित गर्ने जस्तो महत्वपूर्ण कार्य अवरुद्ध हुन पुगेको बताउनुभएको छ।
एक सय एघारौं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले सोमबार राजधानीमा आयोजना गरेको मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो ।
एसिड आक्रमण विरुद्धको अध्यादेश मन पनि नपर्ने तर रोक्न पनि नसक्नेहरुले संसद अवरुद्ध गरेको बताउँदै उहाँले भन्नुभयो, हिजो पहिले दिन औपचारिक ढंगले पालिर्यामेन्ट गसुरु भएको छ, गुरुरर कुदेर बेल नजिक आएको छ, नारा लगाएको छ, के विग्रियो त भन्दा एसिड आक्रमण विरुद्धको अध्यादेश पारित गर्न आँटेछ सरकारले । त फेल गरे भैगो नी १ फेल गर्ने आँट कसैको छ ?‘
राजनीतिक प्रशंगमा प्रधानमन्त्री कुन पार्टीको हो भनेर सोधिएको उल्लेख गर्नुभयो । ‘ अब मैले उहाँहरुलाई सोध्न नपरोस् तपाईहरु कुन पार्टीको भनेर ? । मलाई त उहाँहरुले नेकपाको साधारण सदस्यबाट पनि निकाल्नुभएको थियो । म साधारण सदस्य पनि होइन नेकपाको । अदालतले भन्यो कुन पार्टीको सदस्य कुन पार्टीको अध्यक्ष भनेर’, प्रधानमन्त्रीको भनाई थियो । आफ्ना आलोचकहरु देखेर पनि नदेख्ने खालका मानिस भएको बताउँदै उहाँले थप्नुभयो सर्वोच्च अदालतमा सोध्न जाउन्, म कुन पार्टीको सदस्य भनेर ।
मुद्दा हालेर प्रतिनिधिसभा स्थापना भएपछि यस्ता कुरा हुनु आश्चर्यजनक रहेको बताउँदै उहाँले भन्नुभयो, ‘संसद पुनस्र्थापना किन गरेको रहेछ भन्दा, उफ्रिन, नारा लगाउन, कराउन र एसिड आक्रमणविरुद्धको कानुन पास गर्न नदिन पो रहेछ’, उहाँको भनाई थियो ।
त्यही अदालतको एउटा फैसला आउँदा जय जय कार गर्नेहरुले अर्को फैसला आउँदा ‘राजनीतिमा हात हाल्न पाइन्छ ?’ भनेको उल्लेख गर्दै उहाँले भन्नु भया, अदालतको फैसला मान्ने भनेपछि मान्ने’, । आफूले थुप्रै मुद्दा हारे पनि मानेको उल्लेख गर्दै उहाँले थप्नुभयो, ‘मैले प्रतिनिधि सभा विघटन गरेँ, यही दुर्दिन देख्नु थियो, पुनस्र्थापना भयो’ ।
आफूले यही हुन्छ भनेर प्रतिनिधिसभा विघटन गराएको बताउँदै उहाँले थप्नुभयो, ‘कम से कम मेरै मेख मार्न भए पनि हिजो एक दिन शान्त बसिदिएको भए हुृन्थ्त्यो’ ।

प्रधानमन्त्रीले मानवीय र सामाजिक व्यवहारका हिसाबले महिलामाथि हुने भेदभाव अन्त्य गर्नु नै सरकारको लक्ष्य रहेको बताउनुभयो महिलालाई अपमान र हिसां गर्ने कार्य असभ्य र आपराधिक भएको भनाई समेत उहाँको थियो ।
महिला उत्थानका लागि अरु धेरै कुरामा बहकिनु भन्दा शिक्षा र रोजगारीमा विशेष ध्यान दिनुपर्ने भनाई पनि प्रधानमन्त्रीको थियो । उनीहरुलाई नीतिनिर्माणको तहमा प्रतिनिधित्व गराउनु पर्ने पनि उहाँले बताउनुभयो । साथै प्रधानमन्त्रीले एसिड आक्रमण पीडित त्यस्तो आक्रमण विरुद्धकी अभियन्ता काजल खातुनलाई अन्त्तर्राष्टिय पुरस्कारका लागि बधाई समेत दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले हालसम्म गरिएका लैंगिक समानता पक्षलाई स्थानीय तहबाट शिक्षा स्वास्थ्य र श्रम सहभागितामा सकारात्मक भएको भन्दै
आर्थिक समानता विना सामाजिक तथा साँस्कृतिक विभेदको अन्त्य हुन नसक्ने विचार व्यक्ति गर्दै राष्ट्रपतिले भन्नुभयो । यसका लागि संविधानले मार्गदर्शन गरेको न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्रको निमार्णको आवश्यतामा राष्ट्रपतिले जोड दिनुभयो ।
कार्यक्रममा राष्ट्रपतिले मुस्कान खातुनलाई बधाई तथा प्रश्रसापत्र समेत प्रदान गर्नुभयो ।
कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुली महतो र संघीय संसदमा महिला तथा सामाजिक विकास समिति सभापति निरु देवि पालले लैंगिक समानता कार्यान्वय गर्नका लागि सरकारले चालेका कदम बारे बोल्नु भएको थियो ।