प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्र नेपालको बन्नुमा झापा आन्दोलन एक गौरबपूर्ण प्रस्थान विन्दुरहेका बताउनु भएको छ । आजभन्दा ४८ वर्षअघि आजकै दिन झापा आन्दोलनका नेताहरु एवं प्रधानमन्त्री ओलीका सहयोद्धाहरु रामनाथ दाहाल, नेत्र
घिमिरे, वीरेन राजवंशी, कृष्ण कुर्इँकेल र नारायण श्रेष्ठलाई जेल सार्ने बहानामा सुखानीको जंगलमा
निरंकुश पञ्चायती सत्ताले हत्या गरेको थियो । त्यसैको स्मृतिमा हरेक वर्ष फागुन २१ लाई सुखानी शहिद दिवस मनाउने गरिएको छ ।
सन्देशको पूर्ण पाठ
प्रतिक्रिया