केपी ओली मधेश नपसे पनि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रधानमन्त्री केपी शर्मा ओलीले अब तराईको माटो रसिलो र मलिलो हुने बताउनुभएको छ ।
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सुनकोशी–मरिन डाइभर्सनको बिहीबार सिन्धुलीमा शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘प्रदेश दुई बनजंगलको सन्दर्भमा निकै पछाडी छ, यसलाई अब हामी फलफुलको बंगैचामय बनाउँछौं’। त्यसबाट उत्पादित प्रचुरमात्राको फलफुल निर्यातसमेत गर्न सकिने समेत प्रधानमन्त्रीले बताउनुभयो ।


प्रधानमन्त्रीले ओलीले आफूलाई मधेसमा आफूलाई पस्न नदिने भन्ने गरिएको उल्लेख गर्दै भन्नुभयो ,‘केपी ओली मधेशविरोधी भन्थे, केपी ओलीलाई मधेशमा पस्न नदिने भन्थे। केपी ओली नपसे पनि पानी चाहिँ पसाइदिन्छ, खेत चाहिँ भिजाइदिन्छ,।’ उक्त डाइभर्सनबाट प्रदेश २ का जिल्लामा एक लाख ८५ हजार बिगाहा सिँचाइ गर्ने लक्ष्य राखिएको छ । साथै डाइभर्सनको पहिलो बिन्दुबाट ३१ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य सरकारकाले लिएको छ।
आफूलाई तराई छिर्न हतारो नभएको बताउँदै प्रधानमन्त्री ओलीलेख सुनकोशी–कमला डाइभर्सनबाट अर्को १ लाख ७० हजार बिगाहा थप सिँचाइ हुने समेत बताउनुभयो । भएपछि मेरो स्वागत गर्न राजनीतिक पार्टी चाहिँदैन। जनताले आफैं गेट बनाउँछन्,’ उनले भने।

ओलीले देश विकासको बाटोमा गएको बताए। एक सय चार वर्ष अघि बनेको सुरुङ पुननिर्माण गर्ने देखि लिएर आधुनिक सुरुङको युग सुरु भएको समेत बताउनुभयो ।
आगामी तिहारदेखि विद्युत्तीय बस सञ्चालन गरिने पनि उहाँले बताउनुभयो । अहिले अर्बौंको औद्योगिक क्षेत्र विकास गर्दै गरेको पनि प्रधानमन्त्रीले उल्लेख गर्नुभयो ।
‘अब हिजोका जस्ता दुःखका दिन गए । दुर्गम ठाउँ पनि केबुलकार निर्माणलाई प्राथमिकता दिइने पनि उहाँले बताउनुभयो । जनताको सुरक्षा गर्ने योजना सरकारले ल्याएको र विकास आयोजनाको काम अघि बढाएको समेत प्रधानमन्त्रीले बताउनु भयो । ‘यि तीन वर्षमा देशले आश्चर्यजनक प्रगति गरेको छ’, प्रधानमन्त्रीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले विकासको गतिमा हिँड्दा बीच–बीचमा आफूलाई प्रहार हुने गरेको समेत बताउनुभयो । ‘हामीले हुर्काएको बिरुवा कहिले हावा आएर भाँच्छ। पहिरोले पर्खाल भत्काउँछ’। तर त्यो स्वर्गतिर हिँड्दा युधिष्ठिरहरू ढलेजस्तो नभएको भन्दै प्रधानमन्त्रीले थप्नुभयो, ‘एउटा ढले हजारौं भएर निस्किन्छौं,’ उनले भने। सो अवसरमा प्रधानमन्त्रीले बालबालिकाका साँस्कृतिक टोलीलाई् बाजा र नृत्य सामग्रीका लागि एक लाख पचास हजार रुपैयाँ दिने समेत बताउनुभएको थियो ।