काठमाडौं। नेपाल पर्यटन बोर्डले ‘बीबीसी मास्टर सेफ प्रोफेसनल सिरिज–२०२०’का उपविजेता सन्तोष साहलाई स्वागत तथा सम्मान गरेको छ । पर्यटन बोर्डमा आयोजित कार्यक्रममा उनलाई संस्कृती पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयका सचिव एवम पर्यटन बोर्डका अध्यक्ष यादवप्रसाद कोईराला र पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनन्जय रेग्मीले प्रमाणपत्र तथा खादाले सम्मान गरेको हो।
सम्मान ग्रहण गर्दै सेफ साहले नेपालमा पर्यटनको अपार सम्भावना रहेको र ती सम्भावनाहरुको उजागर गर्न सके नेपालमा समृद्धि ल्याउन धेरै समय कुर्नु नपर्ने बताए।
उनले कुनै पनि काम आफैमा सानो ठूलो नहुने बताउँदै कामको सम्मान र सोही अनुरुपको वातावरण तयार हुनुपर्ने धारणा राखे । साहले आफूले मास्टर सेफमा गएर नेपाली खानामात्र नभई नेपाली भावना समेत पस्केको र यसले नेपाल हिमाल पहाड र तराइको एकता र सद्भावालाई प्रतिनिधित्व गरेको बताए ।
कार्यक्रममा पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयका सचिव एवम पर्यटन बोर्डका अध्यक्ष यादवप्रसाद कोईरालाले सेफ साहले प्रतियोगिताका माध्यममबाट नेपाली खानाका विभिन्न परिकार प्रस्तुत गरेर नेपाल र नेपालीको पहिचानलाई विश्वभर नयाँ उचाई दिएको बताए। सचिव कोईरालाले नेपाली खाना राम्रो भएपनि यसको उचित प्रर्वदन गर्न नसक्दा यसबाट फाइदा लिन नसकिएकोले नेपाली खानाको स्वस्च्छता कायम गर्दै यसको ब्रानिण्डङमा ध्यान दिनु पनेमा जोड दिएका छन्।
पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले नेपालमा प्रकृति, संस्कृतीका साथै पकवान पर्यटनको पनि उल्लेख्य सम्भावना रहेको बताए । उनले सेफ साहले नेपाली खानाको महत्वलाई संसारभर पु¥याएर यसको महत्व र व्यवसायिक सम्भावनालाई थप उजागर गरिदिएको धारणा राखे । उनले नेपाललमा एक सय भन्दा बढि जातजातीका खानाका परिकार रहकोले त्यसलाई प्रर्वद्धन गर्न सके पर्यटनको नयाँ प्रडक्ट बन्ने समते बताए ।
होटल संघ नेपाल हानका अध्यक्ष सिर्जना राणाले नेपाली खानालाई अन्तरराष्ट्रियकरण गर्न सेफ साहको महत्वपूर्ण योगदान रहेको बताए। उनले आफूहरु पनि नेपाली खानाको प्रर्वद्धनका लागि प्रयासरत रहको धारणा राखे । पर्यटन बोर्डका सूचना अधिकारी मणिराज लामिछानेले पर्यटन बोर्डले नेपालमा भएका करिब २ सय खानाहरुको छनोटबाट केही खानाहरुलाई सिग्नेचर डिसका रुपमा अगाडि ल्याउने काम गरेको बताउँदै सन्तोष साहको कामले यस अभियानलाई थप बल पुग्ने बताए ।
‘बीबीसी मास्टरका उपविजेता बनेका साहलाई हान, तथा रेष्टेरेण्ट एण्ड बार एशोसिएसन रेवान लगायतका संस्एथाहरुले पनि सोही अवसरमा सम्मान गरेका थिए । साहले मास्टर सेफ प्रतियोगिताभर नेपाली खानाका विभिन्न परिकार प्रस्तुत गरेर निर्णायकहरुलाई आकर्षित गर्न सफल हँदै सिजनको उपविजेतन बन्ने थियो ।
विश्वकै महत्वपूर्ण मानिने उक्त प्रतियोगिताको माध्यमबाट सेफ साहले नेपाल र नेपालीको पहिचानलाई विश्व समुदायमा पु¥याउन उल्लेख्य भूमिका खेलेकोले बोर्डले उनलाई सम्मान गरेको हो । सेफ साहले कोदोको खीर, नेपाली गुन्द्रुक, साँधेको भट्टमासलगायतका नेपाली परिकार पस्केर निर्यायकको ध्यान आर्कषण गरेका थिए ।
सिरहा जिल्लाको कारजन्हामा जन्मिएका साह दश वर्षदेखि बेलायतमा बस्दै आएको हो । साहले मौलिक नेवारी परिकार ’योमरी’ सहित प्याजको अचार, स्याउको चटनी, रोस्टेड काँक्रोको वियाँ, तरुलको खाना,बेथेको साग, तामाको अचार, भेडाको मासु, सिस्नु र आलुको तरकारी, भाङ्गको चट्नी, मकैको रोटी लगायतका नेपाली खानाका परिकारहरु पस्केक थिए । बीबीसी मास्टर सेफमा सहभागि हुने साह पहिलो नेपाली सेफ हुन्।
प्रतिक्रिया