प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको मुख्य सचेतकमा विशाल भट्टराईलाई मनोनित गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले नेकपा संसदीय दलको विधान २०७५ को दफा १३ बमोजिम भट्टराईलाई मनोनित गर्नुभएको हो । यसअघि सो पदमा देव गुरुङ हुनहुन्थ्यो ।
विद्यार्थी आन्दोलनमा लामो समय क्रियाशिल भट्टराई दोस्रो संविधानसभा र पछिल्लो आम निर्वाचनमा खोटाङ जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
प्रतिक्रिया