तोरी फुल्यो, लेक नै झुल्यो, सुनौला फाँटमा माहुरी अल्झेर
अब प्रेमध्वज प्रधानको यो कालजयी गीत मनमा गुन्जिने समय आयो । राजधानीको काँठ र राजधानी बाहिरका जुनसुकै तोरी लगाइएको फाँट र गराहरु । पुग्ने वित्तिकै पहेँलो रंंगको खास सुन्दरता देख्न सकिन्छ । त्यसमाथि मौरी डुलिरहेको दृश्य । प्रायः कुनै न कुनै तनाव वा हतारमा हुने मान्छेको दिमागलाई शान्ति दिलाउने र ताजा बनाउने शक्ति हुन्छ तोरीबारीमा त्यसैले तोरी फुलेका बेलाका अनेक सृजना भेटिन्छन् साहित्य संसारमा । तोरीबारीको यो पेहँलपुर सौन्दर्यबारे घामछायाँको यो भिडियो प्रस्तुती हेरौ ।
प्रतिक्रिया