पर्सामा महिला जिस्काउने दुई जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

जय यादव।
फागुन १०,पर्सा। पर्साको वीरगंजमा महिला जिस्काएको आरोपमा २ जना पक्राउ परेका छन्। वीरगन्जको आदर्शनगर स्थित टाउन हालमा हुदै गरेको विवाह समारोहमा सहभागी भएका महिलाहरुलाई जिस्काएको आरोपमा दुबैजनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक मनोजित कुवंरले बताउनु भयो।

पक्राउ पर्नेमा वीरगंज वडा १ छपकैयाका २१ वर्षीय विनय तिवारी र सोहि स्थानका २२ वर्षीय अजय साह रहेको कुवंरले बताउनु भयो।
हामीहरु तर्फ हेरेर अश्लिल शब्द प्रयोग गर्नुको साथै अश्लिल संकेत गरेको महिलाहरुको आरोप रहेको छ। पक्राउ परेका दुबैजनालाई अहिले जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको उहाँले बताउनु भयो।
उनीहरुमाथि अभद्र व्यवहार गरेको मुद्धा लाग्न सक्ने कुवंरले जानकारी दिनुभयो।