इतिहासमा आज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विसं २००७ सालमा आजकै दिन तत्कालिन राणा प्रधानमन्त्री एवं श्री ३ महाराज मोहन शमशेरले आफ्ना पुर्खा जंगबहादुरले तत्कालिन राजा श्री ५ सुरेन्द्रबाट प्राप्त अधिकार उल्लेख गरिएको पञ्जापत्र नारायणहीटी दरबारमा लगी फिर्ता गरे । सोही दिनबाट सिंहदरबारमा नेपाल सरकारको सचिवालय रहने घोषणा भयो ।

सोही दिन गलकोटे राजा (थिरबम मल्लका पिता)को दरबारमा नेपाली कांग्रेसका अध्यक्षले नयाँ गठन हुने मन्त्रीमण्डल बारे राय लिन एक बैठक बोलाए । तर त्यो बैठकको औचित्य थिएन किनकी भई सकेको दिल्ली सम्झौता विरुद्ध त्यसले कुनै निर्णय नै गर्न सक्ने थिएन ।
साभार ः राजेश गौतम, नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस