श्रीमद्भागवतगीताको पहिलो नेपाली पद्यानुवाद १०० वर्षपछि पुनः प्रकाशन भएको छ ।
कवि पं.नरेन्द्रनाथ रिमालद्वारा वि.सं.१९७६ मा प्रकाशित श्रीमद्भागवतगीता पुस्तक नरेन्द्र वाङ्मय निधिले हालै पुनः प्रकाशन गरेको हो । संस्कृतिविद् सत्यमोहन जोशीले सोमबार ललितपुरस्थित आफ्नै निवासमा पुस्तकको दोस्रो संस्करण विमोचन गर्नुभएको हो । कार्यक्रममा कविपुत्र तथा नरेन्द्र वाङ्मय निधिका संरक्षक डा.रामरत्न उपध्यायले पिताको देहान्तपछि उनका कृति चोरी भएको र त्यसलाई आफ्नो बनाउन लामो समय संघर्ष गर्नुपरेको सम्झना गर्नुभएको थियो ।
वि.सं. १९७६ मा बनारसबाट प्रकाशित भएको कवि पं.नरेन्द्रनाथको श्रीमद्भागवतगीताको पहिलो संस्करणको एकप्रति मदन पुस्तकालयमा सुरक्षित रहेको बताइन्छ । निधिले कवि नरेन्द्रनाथद्वारा रचित नेपाली भाषाको अठार पर्व महाभारत २०५८ सालमा प्रकाशनमा ल्याएको थियो
प्रतिक्रिया