हानले माग्यो सरकारसङ्ग सहयोग 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोरोना थलिएको होटल व्यवसायलाई उकास्न होटल एशोसियसन नेपाल(हान) ले सरकारसंग सहयोग मागेको छ ।

देशका विभिन्न शहरमा रहेर व्यवसाय गर्दै आएका नेपालका व्यवसायीहरु कोरोनाका कारण घाटामा गएको व्यवसायलाई माथि उठाउन हानले बिहीबार मात्र सरकारलाई १४ बुँदे मागपत्र बुझाएको छ।

हानका प्रमुख कार्यकारी अधिकृत टेकबहादुर महतका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाएको उक्त मागहरु पूरा नगरे पर्यटन क्षेत्र, सरकारलाई अतुलनीय क्षति हुनेछ । अधिकृत महतले नाजायज मागहरु नराखेका र पर्यटन क्षेत्रको समस्यालाई समाधान पर्यटन मन्त्रालयले नौ गर्नु पर्ने उहाँको भनाई छ ।

हानले सरकारलाई बुझाएका मागहरुमा व्यवसाय स्थापना, सञ्चालन तथा स्तरीकरण गर्न बैंकबाट लिइएका विभिन्न शीर्षकका ऋणको ब्याज परिस्थिति अनुकूल नहुञ्जेलसम्मका लागि मिनाहा, छुट तथा भुक्तानीको समय सीमा थपिदिन र लकडाउनभर विद्युत् सञ्चालनमा नरहेको समयको पुरै छुटको व्यवस्था गरिदिन समेत उल्लेख गरिएको छ । साथै, बिजुलीको महसुल तिर्ने समय सीमा एक वर्षका लागि पछाडी सारिदिन र व्यवसाय पूर्णरुपमा लयमा नफर्किदासम्मका लागि विद्युत् महशुलमा ५० प्रतिशत छुटको व्यवस्था गरिदिन हानले माग गरेको छ।

कोरोनाका कारण व्यापार व्यवसाय नहुँदा बैंकिङ ब्याजदर किस्ता चलाउन नसकेको, भाडामा समस्या भएको, विद्युत महशुल तिर्न कठिन भएको र कर्मचारीलाई तलबसमेत खुवाउन नसकिको अवस्था बनेको र यसको समाधान मन्त्रालयले गरिदिनु पर्ने उहाँले भन्नुभयो ।

कोरोनाका कारण १० महिनादेखि बन्द भएका होटल व्यवसायको क्षेत्र निकै आप्ठ्यारो अवस्थामा पुगेको भन्दै हानले सो क्षेत्रको वास्तविकता बुझी सोही बमोजिम सहयोग गरिदिन पर्यटनमन्त्रीसँग माग गरेको हो ।