अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले को टी-ट्वान्टी वरीयता सार्वजनिक गरेको छ । आईसीसीले सार्वजनिक गरेको वरियतामा नेपाल यथावत् नै रहेको छ ।
यसअघि १५ औं स्थानमा रहेको नेपाल नयाँ सार्वजनिक गरेको वरियतामा पनि १५ औं स्थानमा रहेको छ । एसोसियट राष्ट्रहरुमा नेपाल भन्दा अघि स्कटल्याण्ड १४ र युएई १३ औं स्थानमा रहेको छ । नेपालको टी-ट्वान्टीमा ११ औं स्थान सर्वाधिक उच्च वरीयता हो ।
टी-ट्वान्टी वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड रहेको छ । यस्तै अष्ट्रेलिया दोस्रो, भारत तेस्रो, पाकिस्तान चौंथो र दक्षिण अफ्रिका पाँचौ स्थानमा रहेका छन् ।
प्रतिक्रिया