“असहयोगका कारण संसद भंग गर्नु पर्याे”: प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रतिनिधिसभामा आफ्नै पार्टीका केही नेताहरुबाट असहयोग भएकोले संसद भंग गर्न बाध्य भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनु भएको छ ।

आफ्नो नेतृत्वको सरकार गठन भएको तीन वर्ष पुगेको दिन सिंहदरबारबाट सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । प्रधानमन्त्री ओलीले सुरुदेखि नै अप्ठ्यारो भए पनि एक वर्षदेखि गठबन्धन सरकारको जस्तो नियती भोग्नु परेको बताउनु भयो


सरकारले ल्याएका विधेयकहरु छलफलको नाममा अड्काउने, संवैधानिक निकायहरुमा नियुक्ति सिफारिस हुनै नदिने र भए सुनुवाई समितिमा अड्काउने काम भएको भन्दै उहाँले भन्नुभयो, ‘अनुपयुक्त ढंगले समानान्तर सत्ता सञ्चालनको अभ्यास भयो ।’

यदि संसद विघटन नगरेको भए एकीकृत पार्टी नहुने, कसैसँग बहुमत नहुनुका साथै स्थिरता आउने उहाँले दाबी गर्नु भयो ।