दुई सय नयाँ पर्यटकीय स्थल थपिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालको अर्थतन्त्रमा थप टेवा पुर्याउने उद्देश्यले सरकारले नयाँ पर्टकीय गन्तव्यको सूची सार्वजनिक गरेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटकीय क्षेत्रको विकास, प्रचार प्रसार र पर्यटन गतिविधि बढाउनका लागि पूर्वाधार विकास गर्न विकास तथा निर्माण भइरहेको दुई सय पर्यटकीय गन्तव्यको सूची सार्वजनिक गरेको हो।

सरकारले तयार गरेका सूचीमा विभिन्न प्रदेशका विभिन्न स्थानीय तहमा रहेका पर्यटकीय क्षेत्रको विकास तथा निर्माणको आर्थिक लागत, निर्माण गर्न लाग्ने समय र बजेटको पनि उल्लेख गरिएको छ ।

स्थानीय तहसँगको समन्वयमा लागत साझेदारीमा पर्यटन पूर्वाधार विकास कार्यक्रम अन्तर्गत दुई सय पर्यटकीय क्षेत्रको विकास, निर्माण तथा प्रचार प्रसार परियोजनामा सञ्चालन भएका पर्यटकीय गतव्यको सूची सार्वजनिक गरिएको हो ।