आजदेखि दोस्रो प्राथमिकतामा परेकालाई खोप दिदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजबाट पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई कोभिड-१९ विरुद्धको खोप लगाइने भएको छ । जस अन्तर्गत सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधिहरु परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन २ गतेबाट ८ गतेसम्म जिल्लास्थित सबै सरकारी कार्यालयका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुलाई खोप दिन लागेको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पहिलो प्राथमिकतामा परेका तर लगाउन छुटेकाहरुलाई पनि यसै चरणमा खोप उपलब्ध गराइने छ । काठमाडौंभन्दा बाहिरका सञ्चारकर्मीले पनि आजदेखि नै खोप पाउने बताइएको छ।

सरकारले पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वास्थ्य स्वयंसेवक, एम्बुलेन्स तथा शव बाहन चालक, सीमा सुरक्षामा खटिएकाहरुलाई खोप उपलब्ध गराएको थियो ।

नेपाल सरकारले माघ १४ गतेबाट कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको थियो । नेपालमा कोरोनाविरुद्ध कोभिसिल्ड खोप प्रयोगमा ल्याइएको छ । खोपले कुनै असर नगर्ने भएकाले निर्धक्कका साथ खोप लगाउन सरकारले सबैमा अपील गरेको छ । कोभिशिल्ड खोप भारतको सेरम इन्सटिच्युटले उत्पादन गरेको हो । यो खोप ७० प्रतिशत प्रभावकारी मानिएको छ ।
दोस्रो प्राथमिकतामा परेका व्यक्तिहरुलाई कोभिड(१९ विरुद्धको खोप अभियानका लागि स्वास्थ्य कार्यालय, काठमाडौंले १२ स्थानमा खोप केन्द्र तोकेको छ ।

यी हुन् काठमाडौंका १२ खोप केन्द्र