सामाजिक सञ्जाल निगरानी गर्न निर्देशिका ल्याउँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रेस तथा वाक् स्वतन्त्रतालाई असर नपर्ने गरी सामाजिक सञ्जाल नियमन गर्ने निर्देशिका ल्याउन लागेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताउनु भएको छ ।
आज आयोजित पत्रकारसँगको अन्तक्र्रिया कार्यक्रममा बोल्दै यस्तो बताउनु भएको हो । “सामाजिक सञ्जाललाई व्यवस्थित गर्नका लागि निर्देशिका ल्याउने तयारी मात्र गरेको हो, सरोकारवालापक्षसँग छलफल गरेर मात्र यसलाई अन्तिम रुप दिने हो”, मन्त्री गुरुङले भन्नुभयो ।
मन्त्री गुरुङले पत्रकारिताको गरिमालाई उठाउनका लागि काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नु भयो । प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रतालाई अङ्कुश लगाउने गरी कुनै निर्देशिका बनाउन नलागिएको उहाँले भनाई छ ।